श्रीलङ्कामा पनि क्रिशमसका अवसरमा आममाफी
कोलम्बो, १० पुस : बौद्ध धर्माबलम्बीहरुको बाहुल्यता रहेको श्रीलङ्काले पनि ईसाइ धर्माबलम्बीहरुको महान पर्व क्रिशमशको दिन ५२६ जना कैदीलाई आम माफी दिएको छ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले क्रिशमश दिवसको अवसरमा सोमबार ५२६ जना कैदीलाई आम माफी दिनुभएको अधिकारीहरुले बताएका छन् । आम माफी पाउनेहर
२०७४ पुस ११ मंगलबार, बिहान ९:०१ बजे१ मिनेट पढाइ

कोलम्बो, १० पुस : बौद्ध धर्माबलम्बीहरुको बाहुल्यता रहेको श्रीलङ्काले पनि ईसाइ धर्माबलम्बीहरुको महान पर्व क्रिशमशको दिन ५२६ जना कैदीलाई आम माफी दिएको छ ।
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले क्रिशमश दिवसको अवसरमा सोमबार ५२६ जना कैदीलाई आम माफी दिनुभएको अधिकारीहरुले बताएका छन् ।
आम माफी पाउनेहरु सामान्य अपराधमा काराबासको सजायँ भोगिरहेका कैदीहरु रहेको यहाँको जेल एक अधिकारीले सिन्ह्वालाई जानकारी दिएका छन् ।
श्रीलङ्कामा कुल जनसंख्याको सात प्रतिशत जनसंख्या मात्रै ईसाइ धर्माबलम्बीहरुको रहेको छ । उनीहरु विषेश गरेर देशको पश्चिमी क्षेत्रमा पर्ने तटीय ठाँउहरुमा उनीहरुको बसोबास गर्छन् ।
श्रीलङ्काले नयाँ बर्ष, राष्ट्रिय स्वतन्त्रता दिवस, बुद्ध धर्माबलम्बीहरुको पर्व भेसाक जस्ता अत्यन्त महत्वपूर्ण दिनको अवसरमा केही कैदीहरुलाई आम माफी दिने गरेकोमा यस पटक क्रिशमसको दिन पनि आम माफी दिएको हो ।
श्रीलङ्काको संविधानले राष्ट्रपतिलाई महत्वपूर्ण दिवस तथा स्थानीय पर्वहरुका अवसरमा कैदीहरुलाई आम माफी दिन पाउने अधिकार दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…