कञ्चनपुरमा मानवअधिकार उल्लंघनका ७५ घटना
कञ्चनपुर, ११ पुस : इन्सेक कञ्चनपुरले गरेको अध्ययनअनुसार कञ्चनपुरमा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनका ७५ वटा घटना भएका छन् । इन्सेक, कञ्चनपुरले गरेको अध्ययनअनुसार सन् २०१७ मा मानवअधिकार उल्लंघनका ७५ घटना घटेको पाइएको हो । सबैभन्दा बढी घरेलु हिंसाका ४८, हत्याका पाँच, नागरिक अधिकार हननको एक, गैरकान

२०७४ पुस ११ मंगलबार, बिहान ८:५६ बजे१ मिनेट पढाइ

कञ्चनपुर, ११ पुस : इन्सेक कञ्चनपुरले गरेको अध्ययनअनुसार कञ्चनपुरमा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनका ७५ वटा घटना भएका छन् ।
इन्सेक, कञ्चनपुरले गरेको अध्ययनअनुसार सन् २०१७ मा मानवअधिकार उल्लंघनका ७५ घटना घटेको पाइएको हो । सबैभन्दा बढी घरेलु हिंसाका ४८, हत्याका पाँच, नागरिक अधिकार हननको एक, गैरकानूनी रुपमा पक्राउको एक, बालअधिकार हननका सातवटा घटना अध्ययनका क्रममा देखिएको इन्सेक कञ्चनपुरका संयोजक कोमल निरञ्जन भाटले बताउनुभयो ।
उहाँका अनुसार बलात्कारका तीन, बहुविवाहको एक, सम्पत्ति क्षतिका आठ र अमानवीय व्यवहारको एक घटना भएको छ । डरलाग्दो रुपमा मानवअधिकार उल्लंघनका घटनामा घरेलु हिंसा घट्नुको साटो बढ्दै गएको छ । उहाँले भन्नुभयो, “यसको न्यूनीकरणका लागि सबैको हातेमालो हुनु जरुरी छ ।”
मानवअधिकार संरक्षणका लागि सबै निकाय उत्तिकै जिम्मेवार बने मात्रै समाजमा शान्ति कायम हुनसक्ने उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी उपरीक्षक ज्ञानबहादुर सेठीले वास्तविक घटना बाहिर नआउने प्रवृत्तिका कारण पीडितले न्याय पाउनबाट वञ्चित रहनुपरेको बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…