क्रिकेटमा भारतको हारले लियो पासवानको ज्यान
सो क्रममा रोहित शर्मा, विराट कोहली र राहुल द्रविडले भने ६ रनमै पेवेलिन फर्केका थिए ।

२०७६ असार २६ बिहीबार, बिहान ११:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । वल्र्डकपको सेमिफाईनलमा भारत टिमको पराजय भएपछि एक जनाको ज्यान गएको छ ।
विहारको किशनगँज जिल्लाको सदर अस्पतालमा ड्रेसरको पदमा नियुक्त अशोक पासवानको मैच हेर्ने बेलामा हृदयघात ( हर्ट अटैक) को कारण मृत्यू भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।
जानकारीका अनुसार सेमिफाइनलको क्रममा बुधबार भएको म्याच अन्तर्गत रविन्द्र जडेजा र महेन्द्र सिँह धोनीको सानदार बल्लेवाजीमा लीन भएका अशोक हरेक शटमा अत्यधिक रोमाञ्चिकका साथै उत्साहित भईरहेका थिए । खेलको दौरा धोनी र जडेजाले शट हान्दा उनी पटाखा समेत जलाएका थिए । जब जब खेल अगाडी बढदै गयो, तब तब अशोकको मुहार मल्लिन हुँदै गयो र केही क्षणपछि खुसी दुःखमा बदलियो जब भारत मैच हारयो ।
१८ रनले भारत पराजित
बुधबार न्यूलिंड र भारतबीच भएको वल्र्डकप २०१९ को सेमिफाईनलमा भारत १८ रनले पराजित भएको हो । टस जितेर पहिलो ब्याटिंग गर्न उत्रेका न्यूजिंलैण्ड टिमले ५० ओभरमा ८ विकेट गुमाउँदै जम्मा २३९ रन बनाएर भारतलाई २ सय ४० को टारगेट दिएको थियो ।
२ सय ४० को लक्ष्य पछ्याउँदै भारत टिमले ४९.५ ओभरमा कुल १० विकेट गुमाउँदै २ सय २१ रनमा समेटिएपछि १८ रनले पराजित भएको थियो । सो क्रममा रोहित शर्मा, विराट कोहली र के. एल. राहुलले भने ६ रनमै पेवेलिन फर्केका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…