खेलकुदमा क्रेज बढाउन नवयुवकहरुलाई खेल सामग्री प्रदान
खेल सामग्रीको अभावमा अभ्यास गर्न नपाएका त्यस क्षेत्रका नव खेलाडीलाई प्रोत्साहन स्वरुप उनले २ थान ४० थान जर्सी दिएका छन् ।
२०७६ असार २१ शनिबार, राति ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । खेलाडीहरुलाई खेलप्रति रुची एवम् हौसल प्रदान गर्ने हेतु खेल समाग्री प्रदान गरिएको छ ।
सुनसरीको इनरुवा वडा नं. ९ बवियाका समाजसेवी तथा बिष्णु हार्डबेयर एण्ड सप्लार्यसका प्रोपाईटर बिष्णु शर्मा र उनकी पत्नी किरण शर्माले एक कार्यक्रमको आयोजना गरी बवियाका खेलाडीहरुलाई खेल सामग्री प्रदान गरेको छ ।
खेलकुद प्रति युवा वर्गको क्रेज बढाउन र रचनात्मक कार्य गर्ने उद्देश्यले समाजसेवा तथा व्यवसायी शर्मा दम्पतीले बवियाका खेलाडीहरुलाई शनिवार खेल सामग्री हस्तान्तरण गरेका हुन् ।
समाजसेवी तथा बिष्णु हार्डबेयर एण्ड सप्लार्यसका प्रोपाईटर बिष्णु शर्मा र उनकी पत्नी किरण शर्माले एक कार्यक्रमको आयोजना गरी बवियाको खेलकुद विकासका लागि फुटवल कल्व बवियाका क्याप्टेन रामचन्द्र शर्मालाई २ वटा फुटवल र ४० जना खेलाडीलाई जर्सी हस्तान्तरण गरेका हुन् ।
बवियाका युवाहरुमा खेलकुद प्रति एकदमै रुचि रहेको आफुले देखेको कारण यहाँका युवाहरुलाई खेलकुदमा थप क्रेज बढाउन खेल सामग्री हस्तान्तरण गरिएको शर्माले बताए । बवियाका युवा खेलाडीहरुमा खेल प्रति थप उर्जा भर्न शर्माले शनिबार खेल सामग्री प्रदान गरेका हुन् ।
खेल सामग्रीको अभावमा अभ्यास गर्न नपाएका त्यस क्षेत्रका नव खेलाडीलाई प्रोत्साहन स्वरुप उनले २ थान ४० थान जर्सी दिएका छन् । फुटबल खेल खेल्दै आएका स्थानीय युवाहरुलाई प्रदान गरिएको खेल सामग्री खेलाडीका क्याप्टेन रामचन्द्र शर्माले ग्रहण गरेका थिए ।
खेल सामग्री हस्तान्तरण कार्यक्रममा खेलकुदका सामग्री पाएपछि बविया गाउँवस्तीका खेलाडीमा थप हौसला मिल्ने खेलाडीहरुले प्रतिक्रिया दिएका छन् । समाजसेवी तथा व्यापारी बिष्णु शर्माले आफूले अगामी दिनमा समेत खेलकुदको विकासका लागि सहयोग गर्न तयार रहेको बताएका छन् ।
खेलाडीलाई खेल सामग्री हस्तारण गर्दै समाजसेवी शर्माले युवाहरुलाई खेलकुद संचालन गर्न समस्या हुदै आएको कुरालाई मध्यनजर गरी आफुले खेलाडीलाई खेल सामग्री प्रदान गरेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
चन्दन रौनियार
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…