धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यू
न्यूज ब्यूरो । धनुषामा करेन्ट लाग्दा एक महिलाको घटनास्थलमै मृत्यू भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ काशिपुर टोल स्थित चापाकलमा जडान गरिएको विद्युतिय मोटर चलाउन खोज्दा करेन्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृत्यू हुनेमा स्थानीय हरिनारायण यादवकी श्रीमति बिमला द

२०७६ असार २१ शनिबार, राति ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । धनुषामा करेन्ट लाग्दा एक महिलाको घटनास्थलमै मृत्यू भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ काशिपुर टोल स्थित चापाकलमा जडान गरिएको विद्युतिय मोटर चलाउन खोज्दा करेन्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृत्यू हुनेमा स्थानीय हरिनारायण यादवकी श्रीमति बिमला देवि यादवको ज्यान गएको हो ।
पानी निकाल्नको लागि कलमा जडान गरिएको मोटरमा करेन्ट प्रभाव भएको तथा स्वीच दिएर मोटर चालु गरेकी थिइन । त्यसपछि मोटर चलाएर चापाकलमा छोएपछि उनलाई करेन्ट लागेको र घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीहरु बताउँछन । उनको शवको पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…