जनकपुरमा पनि 'सिरिन्ज' आक्रमण !
एक युवकले अपशब्द बोल्दै सुइजस्तो तिखो धार भएको बस्तुले घोचेको

२०७६ असार १९ बिहीबार, दिउँसो २:१३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो । विगत केही दिनदेखि काठमान्डौंमा सिरियलवाईज सिरिन्ज आक्रमण चलिरहेको बेला जनकपुरमा पनि विहिबार सिरिन्ज आक्रमणको घटना भएको छ
घरबाट पठनपाठन गराउन सबैलाको सरस्वति मावि ठिल्ला विद्यालय गईरहेको एक शिक्षकलाई बाटोमै एक अज्ञात व्यक्तिले सिरिन्ज घोचेर भागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । भारतीय नम्बर प्लेटको मोटरसाईकलमा सवार ती अज्ञात व्यक्ति धनुषाधाम नगरपालिका वडा नं. ४ सर्सा बस्ने अन्दाजी बर्ष ३८ का शिक्षक मदन कुमार अधिकारीलाई तिखो वस्तुले घोचेर भागेको बताएका छन् । यद्यपी त्यो सिरिन्ज नै थियो भनेर यकिन गर्न नसकिएपनि काठमान्डौंको घटना समाचारले सिरिन्ज पनि हुन सक्ने आशंका गरिएको छ ।
शिक्षक अधिकारी एक स्वतन्त्र लेखक पनि हुन भने सँचारकर्मीको रुपमा समेत कार्य गर्दै आएका छन् ।
धनुषाको धनुषाधाम नगरपािलका वडा नं. ३ धनुषाधाम र सबैला नगरपालिका वडा नं. ७ मखनाहाबीचको बलुवा खोलामा तिखो बस्तुले घोचिएको जानकारी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले दिए । बलुवा खोलामा निर्माणाधिन पुलको छेउमा पुगेपछि अधिकारीमाथि एक युवकले अपशब्द बोल्दै सुइजस्तो तिखो धार भएको बस्तुले घोचेको जनाउँदै त्यो काँटी पनि हुन सक्ने आशंका गरिएको छ ।
"पुलको पारीपट्टी मोटरसाइकल रोकेर दुई जना बसिरहेको थियो, एक जनाले ईसारा गरयो र म नजिक गएर आफ्नो मोटरसाइकल रोकिदिए, त्यतिकैमा एक जनाले हिरो बन्ता है भने र पाखुरामा तिखो वस्तु घोचिदिए । त्यसपछि डर लागेर उपचारको लागि जनकपुर अञ्चल अस्पताल आए ।" - पीडित शिक्षक अधिकारीले भने ।
धारिलो बस्तुले घोचेपछि एकछिन आँखै देख्न बन्द भएको उनले बताए। मैले समाचारमा पढेको थिए यस्तो घटना। आफै त्यसको सिकार भइयो। एकछिन त आँखै देखिँन। सामान्य अवस्थामा फर्किने बेलासम्म उनीहरु भागीसकेका थिए।
शिक्षक अधिकारीले आफूलाई शरिरमा कुनै रोग सारियो की भनेर चिन्ता लागेको बताउँदै काठमान्डौंको घटना मात्र रेडियो, पत्रिका अनलाईनमा सुनेको थिए तर आफैसँग घटना भएपछि झन डराएको प्रतिक्रिया दिए । जिल्ला प्रहरी कार्यालय धनुषाले शंकास्पद व्यक्ति देखापरेमा तत्कालै १०० वा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरीमा खवर गर्न आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…