युवती बलात्कार आरोपमा मेनेजर पक्राउ
इटहरीबाट जबरजस्ती करणीको आरोपमा मोरङ सुन्दरहरैचा ९ बस्ने ती मेनेजरलाई प्रहरीले पक्राउ गरेको हो ।
२०७६ असार १९ बिहीबार, दिउँसो १:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । आफ्नै केबिनमा बोलाएर एक युवतिलाई बलात्कार गरेको आरोपमा एक ईन्टीच्यूटका मेनेजरलाई पक्राउ गरिएको छ ।
इटहरीबाट जबरजस्ती करणीको आरोपमा मोरङ सुन्दरहरैचा ९ बस्ने ती मेनेजरलाई प्रहरीले पक्राउ गरेको हो । इटहरीमा इन्टीच्यूट सँचालन गर्दै आएका ईन्टीच्यूटका मेनेजरले ती युवतिलाई बलात्कार गरेको भन्दै परेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
गत असार १६ गते आफ्नै क्याबिनमा मोरङकै २२ बर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको भन्ने पिडित युवतीको जाहेरीको आधारमा बुधबार असार १८ गते उनलाई पक्राउ गरेको हो । पक्राउ परेका ती व्यक्तिको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
चन्दन रौनियार
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…