जनकपुरमा युवक उपर छुरा प्रहार, अवस्था चिन्ताजनक !
सुनिलको ढाडमा छुरा प्रहार गरिएको छ र उनको कानमा पनि जसले गर्दा कान काटिएको छ ।

२०७६ असार १६ सोमबार, बिहान १०:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक युवक उपर छुरा प्रहार भएको घटना झण्डै ५ दिनपछि बाहिर आएको हो ।
जनकपुरधाम उपहानगरपालिका वडा नं. ९ बस्ने अन्दाजी बर्ष २२ का सुनिल कुमार अधिकारी उपर केही युवकहरुले छुरा प्रहार गरेको पीडित परिवारजनले आरोप लगाएका छन् । गत असार ११ गते राती करिब १ बजेको समयमा अधिकारी उपर उनकै निकट साथीहरुले छुरा प्रहार गरेको बताइएको छ ।
अधिकारीको पीयुंठ (ढाड) र कानमा छुरा प्रहार गरिएको छ । उनको कान पनि काटिएको छ । घटना भएलगत्तै बेहोस भएका अधिकारीलाई तत्कालै जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि लगिएपनि केही समयपछि उनलाई धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको परिवारीक श्रोतले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार यीनीहरु साथी साथीमा भनाभन हुँदा छुरा प्रहार गरिएको हो । सुनिलको ढाडमा छुरा प्रहार गरिएको छ र उनको कानमा पनि जसले गर्दा कान काटिएको छ । परिवारजनले दिएको किटानी जाहेरीको आधारमा एक जनालाई पक्राउ समेत गरिएको छ । पक्राउ पर्नेमा राजीव झा रहेका छन् भने अन्य ५ जना भने फरार रहेको तथा उनीहरुको खोजी कार्य भईरहेको जनाए ।
परिवारजनले दिएको किटानी जाहेरीमा जनकपुर उपमहानगरपालिका वडा नं. ३ बस्ने देवराज साह भन्ने चुन्नु साह, राहुल कर्ण, वडा नं. १३ का सरिफ राईन, वडा नं. १० का आस मोहम्मद , वडा नं. ८ का राजावाबु राउत र राजीव झालाई पीडक तथा आरोपी बनाएर जाहेरी दर्ता गराएका हुन् । झा पक्राउ परेपनि बाँकी जना फरार रहेको तथा यस घटना उपर छानबिन जारी रहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…