सिरहामा एक बालिका उपर सामूहिक बलात्कार, एक पक्राउ !
उनी उपर महरासहित ४ र ५ जनाको समूहले बलात्कार गरेका थिए ।

२०७६ असार १० मंगलबार, बिहान ९:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक बालिका सामूहिक बलात्कारको सिकार भएकी छन् ।
सिरहाको कर्जन्हा नगरपालिका १ बन्दिपुरस्थित बाबाताल नजिकैको जंगलमा घाँस काट्न गएकी एक बालिका उपर सामूहिक बलात्कार भएको हो ।
स्थानीय एक १४ वर्षीया बालिका बन्दिपुरको जंगलमा घास काट्न गएको बेला बालिकामाथि सामूहिक बलात्कार भएको बालिकालाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
बलात्कार गरेको अरोपमा एकजना पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका १ बन्दिपुरका श्यामकुमार महरा छन् ।
पीडित बालिकाले दिएको बयान अनुसार उनी उपर महरासहित ४ र ५ जनाको समूहले बलात्कार गरेका थिए ।
पक्राउ परेका महरालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान जारी राखेको र बाँकीको आरोपीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिलराज बोहराले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…