संसदमा अरगरियाको गर्जन : 'सबैभन्दा बढी कर तिर्ने प्रदेश २, तैपनि भिखारी झैँ बजेट किन ?'
सांसद अरगरियाले प्रदेश २ लाई भिखारीले भिख मागे झैँ बजेट दिएको टिप्पनी गरे ।

२०७६ असार ४ बुधबार, राति ८:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय सांसद एवं धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य उमा शंकर अरगरियाले केन्द्र सरकारले प्रदेश २ सरकारसँग विभेद गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा सांसद अरगरियाले सबैभन्दा बढी कर प्रदेश २ ले नै तिरेपनि संघीय सरकारले आफ्नो विभेदकारी नीति नसच्याएको आरोप लगाएका छन् ।
सांसद अरगरियाले संघीय सरकारले प्रदेश २ सँग भिखारीको व्यवहार गरेको भन्दै आक्रोश पोखेका छन् । उनले प्रदेश २ लाई भिखारीले भिख मागे झैँ बजेट दिएको टिप्पनी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…