मन्त्री पण्डितलाई कारवाही गर्न अरगरियाले उठाए संसदमा आवाज
समानुपातिक समावेशीतालाई उल्लंघन गर्दै विज्ञापन प्रकाशित गर्नेलाई कारवाही गर्न माग गरिएको छ ।

२०७६ जेठ ३० बिहीबार, दिउँसो ४:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई कारवाही गर्न संसदमा आवाज उठाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद अरगरियाले संविधान विपरित र गैर जिम्मेवार अभिव्यक्ति दिने मन्त्री पण्डितलाई कारवाही गर्न माग गरेका हुन् ।
अरगरियाले संसदीय समितिको निर्देशन नमान्ने र संविधानविपरित अभिव्यक्ति दिने मन्त्रीलाई कारवाहीको घेरामा राख्न सभामुख कृष्णबहादुर महरालाई आग्रह गरेका छन् ।
लोकसेवा आयोगको विज्ञापन प्रकरणमा मन्त्री पण्डितले गैर जिम्मेवार अभिव्यक्ति दिइरहेको भन्दै उनी लगायत मधेश केन्द्रित पार्टीका सांसदहरु आक्रोश पोखेका छन् ।
समानुपातिक समावेशीतालाई उल्लंघन गर्दै विज्ञापन प्रकाशित गर्नेलाई कारवाही गर्न माग गरिएको छ । लोकसेवाको विज्ञापन खारेज हुनुपर्ने राज्य व्यवस्था समितिको निर्देशन नमान्ने मन्त्रीलाई पनि कारवाहीको घेरामा ल्याउन माग गरे ।
सांसद अरगरियाले समावेशी सिद्धान्तविपरित आएको लोकसेवाको विज्ञापनले संघीयतामाथि सांघातिक हमला भएको टिप्पणी समेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…