धनुषा फुटबल लिगको दोस्रो खेलमा बीरेन्द्रबजार विजयी
यस्तै लिगको तेस्रो खेल बुधबार साबिककै समयमा यज्ञभूमि युवा समाज र उन्नतिशिल युवा क्लबीच भिडन्त हुने

२०७६ जेठ २८ मंगलबार, राति ९:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा जारी धनुषा फुटबल लिग २०७६ को दोस्रो खेलमा बीरेन्द्र बजार टिम विजयी हाँसिल गरेका छन् ।
फुटबल लिग अन्तरर्गत मँगलबार भएको सँयुक्त युवा परिवार विरेन्द्र बजार र वनदेवी माई युवा क्लब बटेश्वर २ सीतापुरबीचको खेलमा बीरेन्द्र बजारले १-० गोलान्तरका साथ विजयी हाँसिल गरेका हुन् । दिउँसो ३ बजेदेखि निर्धारित समयमै सुरु भएको फुटबल लिग प्रतियोगितामा बीरेन्द्र बजार १ गोलले जीत हाँसिल गरेका छन् ।
खेल सुरु भएको ३८ औं मिनेटमा बीरेन्द्र बजार टिमका जर्सी नं. ९ का खेलाडी रबिन यादवले पहिलो गोल गर्न सफल भएका थिए । त्यस गोललाई पछयाउँदै सीतापुर टिमले अन्त्यसम्म कुनै गोल गर्न नसकेपछि बीरेन्द्र बजार टिमका रबिनले गरेको गोल नै मँगलबारको खेलको लागि निर्णायक गोल हुन पुगेको जिल्ला फुटबल संघका अध्यक्ष सुरेश शर्माले जानकारी दिए ।
खेलको क्रममा गोल मात्र नभई दर्शक समक्ष प्रदर्शन समेत उत्कृष्ट गरेको भन्दै वनदेवी माई युवा क्लब सीतापुर टिमका जर्सी नं. ३ का उत्तम पाख्रिनलाई मैन अफ दी म्याचको उपाधी प्रदान गरिएको शर्माले जनाए । खेल हारेपनि प्राख्रीनले खेलको दौरान उत्कृष्ट प्रदर्शन गरेको भन्दै सशस्त्र प्रहरी बल यदूकूहाका प्रहरी नीरिक्षक किश्मान तामाँगले पाख्रीनलाई म्यान अफ द म्याचको उपाधी प्रदान गरको थिए ।
यस्तै लिगको तेस्रो खेल बुधबार साबिककै समयमा यज्ञभूमि युवा समाज र उन्नतिशिल युवा क्लबीच भिडन्त हुने आयोजक समितिले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…