साउदी अरबमा मधेशी मिलन समारोह, युवाहरुले भने, 'अब सोंच मधेशी'
मधेशको भविष्य अन्धकारमा पुर्याइदिने भन्दै सबै मधेशीहरुले सोच्नपालो आइसकेको धारणा राखेका थिए ।

२०७६ जेठ २२ बुधबार, बेलुकी ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, साउदी अरब । साउदी अरबमा रहेका मधेशी युवाहरुले सामूहिक मिलन गरेका छन् । मधशीहरुको छाता संगठन एनआरएमए साउदी अरबको आयोजनामा मंगलवार मधेशी मिलन समारोह सम्पन्न भएको हो ।
ईस्लाम धर्माबलम्बीहरुको आस्थाको पर्व ईद उल फित्रको अवसर पारेर एनआरएमएले आयोजन गरेको मधेशी मिलन समारोहमा मधेशी युवाहरुले मधेशको वर्तमान अवस्था उपर केन्द्रित रहेर अन्तरक्रिया गरेका छन् ।
रोजगारीको शिलशिलामा सात समुद्र पारी साउदी अरबमा बस्दै आएका मधेशीहरुले मधेशको अबको विकल्प के हुने र युवाहरुले सोच्नुपर्ने उपर केन्द्रित रहेर अन्तरक्रिया गरेको एनआरएमए साउदीका अध्यक्ष निर्मल मण्डलले जानकारी दिए ।
मधेशीहरुको छाता संगठन एनआरएमएमा आवद्ध युवाहरुले अब मधेशका युवाले मधेशको लागि नसोचे मधेशमा पसल थापेर बसेकाहरु मधेशको भविष्य अन्धकारमा पुर्याइदिने भन्दै सबै मधेशीहरुले सोच्नपालो आइसकेको धारणा राखेका थिए ।
मिलन समारोहमा साउदी अरबमा रहेका अन्य संस्थाहरुमा आवद्ध रहेका युवाहरु पनि मधेशको लागि केही गर्नसक्ने प्रण गरेर एनआरएमएको नयाँ सदस्यता लिएका छन् । साथै, यस संस्थालाई मधेशीहरुको सबैभन्दा ठूलो छाता संगठन बनाउने संकल्प पनि लिइएको छ भने यस संस्थासँग जुड्न प्रवासमा रहेका मधेशीहरुलाई आग्रह समेत गरिएको छ ।
साउदीमा भएको मधेशी मिलन समारोहमा प्रमुख अतिथिका रुपमा एनआरएमए साउदीका अध्यक्ष निर्मल मण्डल सहभागी थिए भने विशिष्ट अतिथिका रुपमा वरिष्ठ उपाध्यक्ष अधिकारी उपेन्द्र सहभागी थिए ।
कार्यक्रममा नेपालको मधेश भूभागबाट साउदी अरब गएका मधेशी मूलका नेपालीहरुको जोडदार सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…