घुस लिंदालिंदै एक वडाध्यक्ष रँगेहात अख्तियारको फन्दामा
दुर्गा माध्यमिक विद्यालयको हाताबाट रंगेहात पक्राउ गरी नियन्त्रणमा लिइएको जनाइएको छ ।

२०७६ जेठ २१ मंगलबार, बेलुकी ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । घुस लिदालिंदै एक वडाध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष रामजीप्रसाद बरैलाई अख्तियारको टोलीले घुस रकम सहित रँगेहात पक्राउ गरेको हो । सँसदीय विकास कोषबाट आएको रकमलाई त्यहाँस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बबुआइनको कम्पाउण्ड वाल बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु गर्नुपूर्व नै सेवाग्राहीबाट विभिन्न बहानामा घुस माग गरेको सूचनाको आधारमा खटि गएको अख्तियारको हेटौडांको टोलीले उनलाई पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
वडाध्यक्ष बरै र सोही ठाउँमा मुसहर बैठालाई अख्तियारको टोलीले २ लाख ७५ हजार रुपैयाँ घुस लिसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोईलाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
वडाध्यक्ष बरैलाई घुस रकम सहित कलैया उपमहानगरपालिका वडा नंं ७ दुर्गा माध्यमिक विद्यालयको हाताबाट रंगेहात पक्राउ गरी नियन्त्रणमा लिइएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…