आयोजक टिम लाई हराउँदै चारतारै क्लब मोरङ सेमिसेमिफाइनलमा
सोमबार खेल संयुक्त युवा क्लब सिमरिया र गौधुलि कलब धरान बिच हुने आयोजकले जनाएको छ ।

२०७६ जेठ २० सोमबार, बिहान १०:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । चारतारे कलब मोरङाले आयोजक टिम गोल्डेन स्टार युथ कलब भलुवालाइ ३-० गोल अन्तरले पाखा लगाउँदैं सेमिफाईनलमा प्रवेश गरेका छन् ।
सुनसरीको भलुवामा जारि ७ औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको दोस्रो क्वाटरसेमी फाइनलमा ३-० चारतारे कलब मोरङले आयोजक गोल्डेन स्टार कलब भलुवालाई ३ बिरुद्ध ० गोलको अन्तरले पाखा लगाउँदैं सेमिफाइनलमा पुगेको हो ।
भलुवा रंगशालामा भएको खेलको १५ औं मिनेटमा जर्सि नम्वर १२ का पेपेले १ गोल गरेर आफ्नो टिमलाई १ ०ले अग्रता दिलाएको थियो । खेलको दोस्रो हापमा चारतारे कलब मोरङका जर्सि नम्बर ११ सुशील राई लगते ८८ मिनेटमे जर्सि नम्बर ११ ले गोल गरेपछि पछि आफ्नो टिमलाई ३-० को फरम अन्तरले सेमिफाइनलमा समेत प्रवेश गर्न सफल भएको छ ।
चारतारे कलब मोरङ का जर्सी नम्वर ११ सुशील राई खेलको म्यान अफ द म्याच घोषित भए । पुरस्कार स्वरुप नगद ५ हजार तथा मेडल प्रदान गरेका थिए । प्रतियोगिता अन्तरगत सोमबार खेल संयुक्त युवा क्लब सिमरिया र गौधुलि कलब धरान बिच हुने आयोजकले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…