सावधान ! लागु औषधविरुद्ध एक्सनमा सिरहा प्रहरी, १ महिनामै २३ समाते !
पछिल्लो समय सिरहा लागु औषध ओसार पोसारको अड्डा बनेपछि प्रहरीले सक्रियता बढाएको हो ।

२०७६ जेठ १७ शुक्रबार, बेलुकी ७:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक महिनामा लागु औषध कारोवारमा संलग्न २३ जना पक्राउ परेका छन् । जिल्ला प्रहारी कार्यालय सिरहाको मातहतबाट खटिएको प्रहरी टोलीले बैशाख महिना भरीमै २३ जनालाई पक्राउ गरेको हो ।
एक महिना भरीमा पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले लागु औषध कारोबारमा प्रयोग भएको सवारी साधान सात थानसहित प्रतिबन्धित लागु औषधहरु डाइजेल्याब ४ सय ८ एम्पुल, डाइजेल्याब ७९ बोतल, डाइलेक्स डिसी १ सय ६ बोतल सहित नियन्त्रणमा लिएको छ ।
त्यस्तै, नाइट्रोजेपाम ५ सय १७ टयाब्लेट, नोर्फिन ४ सय ७० एम्पूल, नोर्फिन ८० बोतल, फेनारगन ४ सय ५१ एम्पुल, फेनारगन ८० बोतल,फेन्सिडिल २ बोतल,स्पास्मो प्रोक्सिभिन ४ टयाब्लेट तथा रेकसकस १ बोतल सहित पक्राउ गरेको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं डिएसपी माधवराज खरेलले जानकारी दिए ।
पछिल्लो समय सिरहा लागु औषध ओसार पोसारको अड्डा बनेपछि प्रहरीले सक्रियता बढाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…