भलुवा गोल्डकप : उद्घाटन खेलमा विर्तामोड ३-१ गोलान्तरले विजयी
दोश्रो रेड हर्ष कलब इलाम र गोल्डन स्टार युथ कलब भलुवा सुनसरीको बिच हुँने प्रचारप्रसार संयोजक संजिप चौधरीले बताए ।
२०७६ जेठ १६ बिहीबार, राति ८:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको वडा नम्बर ७ स्थित भलुवा रगशालामा साँतौ भलुवा गोल्डकप फुटबल प्रतियोगिताको बिहिवार भएको उद्घाटन खेलमा विर्तामोड यूनाइटेड झापाले उदयपुर ११ उदयपुर लाई ३–१ गोल अन्तरले पाखा लगाउँदै कुवाटर सेमीफाइनलमा प्रवेश गरेको छ ।
खेलको पहिलो हाफमा उदयपुर ११ उदयपुरका जर्सी नम्वर १० दिवस श्रेष्ठले १ गोल गर्दै आफ्नो टिमलाइ १–० ले अग्रता दिलाएका थिए । लगतै १५ औं मिनेटमा विर्तामोड यूनाइटेडका जर्सी नम्वर १३ सुमिन मैनालीले १ गोल गर्दै आफ्नो टिमलाइ १–१ ले बराबरको अग्रता दिलाएका थिए ।
यसैगरि खेलको दोश्रो हाफमा विर्तामोड यूनाइटेडका जर्सी नम्वर १९ बिकास थुलुङले थप १ गोल गर्दै आफ्नो टिमलाइ २–१ ले अग्रता दिलाएका थिए ।लगतै विर्तामोड ११ विर्तामोड नम्वर १६रमेश गुरुङले थप १ गोल गर्दै ३–१ले अग्रता गर्दै जित सुनिश्चित गराए । खेलको उत्कृष्ट खेलाडि विर्तामोड ११विर्तामोड झापा जर्सी नम्वर १०का योगेस गुरुङ लाइ नगद ५ हजार सहित मेडल प्रदान गरिएको थियो।
दोश्रो रेड हर्ष कलब इलाम र गोल्डन स्टार युथ कलब भलुवा सुनसरीको बिच हुँने प्रचारप्रसार संयोजक संजिप चौधरीले बताए ।
भलुवा गोल्डकप फुटबल प्रतियोगिताको बिहिवार समुद्घाटन गर्दै दुहवी नगर प्रमुख बेदनारायण गच्छदारले दुहवि नगरपालिका एउटा ऐतिहासिक गौरव पनि बोकेको बताए । दुहबीमा दुईवटा गोल्डकप हुनु गौरवको कुरा रहेको बताउँदै उनले दुहबी रंगशालालाई अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउँनका लागि डिपिआर तयार भइसकेको र खेलकुद विकासका लागि सक्दो सहयोग गर्नुका साथै भलुवा रंगशालामा पनि सहयोगको प्रतिबद्धता जनाए ।
यस्तै, वडा नम्बर ७ का अध्यक्ष बिजय चौधरीले वडाबाट आर्थिक वर्ष २०७४/०७५ मा ६ लाख ५० हजार र नगरको बजेटबाट २ लाख र अन्य भौतिक निर्माण कार्यको लागि अहिले सम्म १५ लाख भन्दाको माथि सहयोग गरेको बताए ।
समुद्घाटन कार्यक्रममा दुहबी नगरपालिकाका प्रशासकिय अधिकृत खेमराज ओझा, दुहबी नगरपालिकाका १२ वटा अध्यक्ष , तारिकचन्द सरदार, बिजय चौधरी , अरबिन्द चौधरी , माधव भन्डारी , राजेन बस्नेत, विभिन्न संघसंस्थाका प्रतिनिधि , सहयोगी संस्थाका प्रतिनिधि ,प्रयाजोजक, सहप्रयाजोकका प्रतिनिधि लगायतका उपस्थिति रहेको थियोे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…