काठमाडौंमा मधेशी मूलका युवक उपर सांघातिक आक्रमण
प्रहरीले वास्ता नगरको परिवारजनको दुखेसो छ ।

२०७६ जेठ ११ शनिबार, दिउँसो २:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । काठमाडौंमा एक युवा उपर सांघातिक आक्रमण भएको छ । काठमाडौंमा पसल सँचालन गर्दै आएका मधेशी मूलका एक युवक उपर सांघातिक आक्रमण भएको हो ।
काठमाडौंको बसुन्धारास्थित पसल थापेर बस्दै आएका महोत्तरीको महोत्तरी गाउँपालिका–१ पर्साका अन्दाजी २८ वर्षीय हरिराम यादवलाई अज्ञात ३ जनाको युवाहरुको एक समूहले रड प्रहार गरेर ज्यानै लिने प्रयास गरेका छन् ।
शुक्रवार राती करिब ९ बजेतिर पसल बन्द गरेर डेरा जाने क्रममा उनी उपर ज्यानलेवा हमला भएको उनका आफन्त जासर यादवले बताए ।
रड प्रहारबाट यादवको टाउको फुटेको छ भने टाउकोमा आठ वटा टाका लगाइएको छ । आक्रमण पछि तत्कालै उनको उद्धार गरेर काठमाडौंस्थित बिपी स्मृति अस्पतालमा लगिएको थियो । अस्पतालले आवश्यक उपचार गरेर बेड रेस्टका लागि उनलाई आज डिस्चार्ज गरेको छ ।
यादवको तत्कालै उद्धार भएपछि उनी बाँचे । तर, प्रहरीले दोषीलाई समाउन चाँसो नलिएको उनको आफन्तले दुखेसो पाखेका छन् । प्रहरीले वास्ता नगरेको परिवारजनको दुखेसो छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…