अन्तत: कन्हैया कुमार ४ लाख बढी मतले पराजित, भाजपाको विजय उत्सव !
५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।

२०७६ जेठ ९ बिहीबार, बेलुकी ५:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । समाजिक सञ्जाल र भारत विहारबाट युथ आईकोनको रुपमा रहेको कन्हैया कुमार अन्तत पराजित भएका छन् ।
भारतमा मात्र नभई नेपालमा समेत चर्चामा रहेको कन्हैया कुमार भारी मत अन्तरले पराजित भएका छन् । कन्हैया कुमारलाई भारतीय जनता पार्टीका उम्मेदवार गिरिराज सिँहले उनलाई ४ लाख मतान्तरले पराजित गरेका छन् ।
गिरिराज सिंह छ लाख ६३ हजार सात सय ४८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी मानिएका विद्यार्थी नेता तथा भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार कन्हैया कुमारले दुई लाख ६३ हजार चार सय ५९ मत प्राप्त गरे । साथै राष्ट्रिय जनता दलबाट तनवीर हसनले पनि यसै सिटबाट प्रतिस्पर्धामा थिए ।
भारतीय लोकसभा चुनाव २०१९ को मतगणना जारी छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी बीजेपी अगाडि देखिएको छ ।
सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन एनडीए ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लै २८० भन्दा बढी सिटमा अगाडि रहेको छ ।कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन यूपीए १०० आसपास सिटमा अगाडि रहेको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।
भारतमा मात्रै नभई नेपालमा पनि चर्चित रहेको बिहारको बेगुसरायमा मतगणना सम्पन्न भएको छ । बेगुसरायबाट बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री गिरिराज सिंह निर्वाचित भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…