भर्खरै : जनकपुरमा गोली चल्यो, एक घाईते ६ पक्राउ !
६ जना भारतीय लुटेरा पक्राउ परेका छन् भने खुट्टामा गोली लागेका एकको जनकपुर अस्पतालमा उपचार भइरहेको छ।

२०७६ जेठ ८ बुधबार, राति १०:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा प्रहरीले चलाएको गोली लागेर एक जना घाईते भएका छन् भने ६ जना पक्राउ परेका छन् ।
जनकपुरमा डकैती गर्न आएको भारतीय आपराधिक समुहलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको प्रदेश प्रहरी कार्यालयका डिआईजी हरिबहादुर पालले पुष्टि गरेका छन् । २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले डकैती गर्न आएको एक समूहमाथि गोली प्रहार गरी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जनकपुर उपमहानगरपालिका विहारकुण्ड मन्दिरको महन्तमाथि लुटपाट गर्ने उद्देश्यका साथ भारत समस्तीपुरबाट नेपाल आएको ७ जनाको भारतीय लुटेरा समूहमाथि प्रहरीले गोली प्रहार गरेको हो । एकजना डाँकाको खुट्टामा गोली लागेको छ ।
प्रहरीका अनुसार ६ जना भारतीय लुटेरा पक्राउ परेका छन् भने खुट्टामा गोली लागेका एकको जनकपुर अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले लुटेरा समूहबाट ६ राउण्ड गोली, लोड गरिएको सिक्सर पेस्तोल १ थान, र एक थान कटुवा पेस्तोलसमेत बरामद गरेको दुई नम्वर प्रदेशका प्रहरी प्रमुख डिआईजी पालले बताए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…