गोमती उद्योगको अवैध काम : उद्योगभित्रै भेटिए राजस्व छलीका गुट्खा
नियमनको अभावमा गोमती उद्योगले अवैध उत्पादन गर्दै आएको तथ्य बाहिरिएको छ ।
२०७६ जेठ ८ बुधबार, बेलुकी ५:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा अवस्थित गोमती गुट्खा उद्यागबाट अवैद्य गोमती बरामद गरिएको छ । गुट्खा उद्योगबाट राजस्व छलीका अवैध गुट्खा प्रहरीले बरामद गरेको हो ।
गुट्खाको प्याकेटमा राजस्व स्टिकर नलागेको १४०० थान (१ थानमा ७० वटा पुरिया भएको) र राजस्व स्टिकर लागेको प्याकेट ८७ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
गुट्खाको प्याकेटको वाहिर राजस्व स्टिकर नलगाई बिक्रि बितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रदेश २ को प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोली छापा हानेको हो ।
गोमती गुट्खा उद्योगमा खानतलासी गर्दा गोदाम भित्र रहेको गुट्खाको प्याकेटमा राजस्व स्टिकर नलागेको फेला परेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनालले बताए ।
बरामद गरिएको गुट्खा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि आन्तरीक राजस्व कार्यालय सिरहामा पठाइएको छ ।
सम्बन्धित निकायको अनुगमन तथा नियमनको अभावमा गोमती उद्योगले अवैध उत्पादन गर्दै आएको तथ्य बाहिरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विनय कु. यादव | सिरहा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…