घटना उपर घटना : सिरहामा एक महिलालाई घाँटी थिचेर हत्या !
उनलाई छोरा नहुँदा परिवारिक तवरबाट विवाद हुँदै आएको थियो ।
२०७६ जेठ ७ मंगलबार, बेलुकी ६:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक महिलालाई घाँटी थिचेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ११ बस्तीपुर बस्ने स्थानीय चन्देश्वर यादवकी अन्दाजी बर्ष २९ की श्रीमति रितु देवी यादवलाई घाँटी थिचेर हत्या गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । दिउँसो ३ बजे नै घटना भएपनि प्रहरीलाई भने ४ः३० बजेतर्फ मात्र जानकारी भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जानकारी दिएका छन् ।
घरकै एक सदस्यले रितुलाई आफ्नै घरमा मृत अवस्थामा देखेपछि छरछिमेकलाई जानकारी गराएको थियो । त्यसपछि स्थानीयहरुले पनि रितुलाई मृत अवस्थामा देखेपछि हल्ला मच्चिएको थियो भने स्थानीयहरुले नै प्रहरीलाई रितुको हत्या बारे जानकारी गराएको प्रहरीले जनाएको छ ।

यता, उक्त घटनामा रितुका श्रीमान चन्देश्वर यादवलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जनाए अनुसार रितुको हत्यामा उनको श्रीमानको संलग्नता हुन सक्ने भएकोले अनुसन्धानको लागि मात्र तत्कालै नियन्त्रणमा राखिएको हो ।
स्थानीयवासीका अनुसार, रितुले छोरा नजन्माएको कारण उनलाई घाँटी थिचेर हत्या गरेको हुन सक्ने छ । रितुको एक छोरी मात्र रहेकी छन् । उनलाई छोरा नहुँदा परिवारिक तवरबाट विवाद हुँदै आएको थियो ।
मृतकको शवलाई पोष्टमार्टमको लागि लहान स्थित रामकुमार शारडा उमा प्रसाद स्मारक अस्पतालमा लगिएको छ भने यस घटनाबारे अनुसन्धान तीव्र पारिएको डिएसपी खनालले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विनय कु. यादव | सिरहा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…