प्रदेशस्तरीय खेलकूदमा जुध्न २५ दिग्गज खेलाडी छनौट गर्दैछौं : मेयर बरबरिया
खेलकूद प्रतियोगिता आयोजना गरेर नगरको खेलकूद क्षेत्रलाई बलियो बनाउने कसरत गरेका थिए ।

२०७६ जेठ ३ शुक्रबार, दिउँसो ४:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा विहिबारदेखि नगरस्तरीय उपमेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
शहिदनगरको सर्वागिंन विकासको लागि खेलकूद समेत महत्वपूर्ण अंग रहेको भन्दै मेयर बरबरियाले दोस्रोे नगर स्तरीय खेलकूद प्रतियोगिता अन्तर्गत उप मेयर कप प्रतियोगिता सुरु भएको हो । खेलकूदप्रति रुची राख्ने नगरका युवाहरुलाई प्रदेश स्तरीय खेलकूद सिरिजमा जुधाउनको लागि खेलाडी तयार गर्ने उदेश्यले उपमेयर कपको आयोजना गरिएको उनले बताए ।

नगरका खेलाडीहरुलाई खेलकूदप्रतिको अभिरुचीसँगै खेलकूदको माध्यमबाट नै नगरको पहिचान र प्रतिष्ठा समेत बढाउने उदेश्यले प्रदेश स्तरीय मेयर कप खेलकूद प्रतियोगिताको आयोजना गरिएको जनाए । उनले भने, - "प्रथम पटक नगरमा उपमेयर कपको आयोजना गरिएको छ । यसबाट हामीले खेलकूद परिषद्बाट प्रतिनीधि पनि आमन्त्रण गरेका छौँ र नगरपालिकाको ९ वटै वडाबाट २५ जना उत्कृष्ट खेलाडी छनौट गरिने छ । जो दिग्गज खेलाडी मात्र हुनेछ ।"
नगरपाकिाको ९ वटै वडाबाट उत्कृष्ट २५ खेलाडी छनौट गरी आयोजना हुने प्रदेशस्तरीय खेलमा उक्त खेलाडीहरुलाई पठाइने उनले जनाए । नगरकी उपमेयर शिला देवी कापरको अध्यक्षता एवम् मेयर बरबरियाकै प्रमुख आतिथ्यमा विहिबारदेखि शहिदनगर नगरपालिकाको वडा नं. ५ पचहर्वामा उपमेयर कप खेलकूद प्रतियोगिता सुरु गरिएको हो ।
गत वर्ष समेत प्रथम नगरस्तरीय खेलकूद प्रतियोगिता आयोजना गरेर नगरको खेलकूद क्षेत्रलाई बलियो बनाउने कसरत गरेका थिए । विहिबार देखि सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, जिल्ला खेलकूद परिषद् धनुषाका अध्यक्ष सुरेश शर्मा, ईलाका प्रहरी कार्यालय यदूकुहाका प्रहरी नीरिक्षक भीम बहादुर खडका, कम्प्युटर अपरेटर विष्णु यादव सहित विभिन्न वडाका जनप्रतिनीधि सहित दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…