सैनिक जवान मृत्यू प्रकरण : गाउँमा पुरुषहरुको भागाभाग !
घटनामा संलग्नहरुको खोजी कार्य तीव्ररूपमा भइरहेको एसपी श्रेष्ठले बताए ।
२०७६ जेठ ३ शुक्रबार, दिउँसो ४:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यू भएपछि गाउँमा भागाभाग भएको छ ।
बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानीयवासीले पोलमा बाँधेर निर्घाट कुटपिट गरेका सैनिक जवानको मृत्यू भएपछि गाउँमा पुरुषहरुको भागाभाग मचेको हो ।
विदामा घर आएका सैनिक जवान बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी २२ वर्षीय अनिषकुमार सिंहको उपचारको क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा बुधवार मृत्यू भएको छ ।
निर्घात कुटपिटबाट सैनिक जवान सिंहको छाती र हातमा गम्भीर चोट लागेको थियो । उपचारको लागि लगेपनि उनी अस्पतालमै दम तोडे ।
नेपाली सेनाको सङ्खुवासभाको खाँदबारीस्थित गणमा कार्यरत सैनिक जवान सिंह बिदामा घर आएका बेला गत वैशाख २८ गते तेनुवापट्टीका स्थानीयवासीले चोरी गरेको भन्दै बिजुली पोलमा बाँधेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका सैनिक जवान सिंहको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।
घटनालगत्तै तेनुवापट्टी गाउँका अधिकांश पुरुष गाउँ छाडेर भागेका छन् । गाउँमा महिलामात्रै रहेको र पुरुष नभेटिएकाले कसैलाई पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ ।
घटनामा संलग्नहरुको खोजी कार्य तीव्ररूपमा भइरहेको एसपी श्रेष्ठले बताए ।
निर्घात कुटपिटबाट सैनिक जवान सिंहको छाती र हातमा गम्भीर चोट लागेको थियो । उपचारको लागि लगेपनि उनी अस्पतालमै दम तोडे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विनय कु. यादव | सिरहा
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…