प्रहरी नीरिक्षक केसीलाई ससम्मान विदाई
विनय कुमार यादव, जनकपुरधाम, ८ पुस । सशस्त्र प्रहरी बेस क्याम्प सर्साका प्रहरी नीरिक्षक डम्बर बहादुर केसीलाई विदाई गरिएको छ । शुक्रबार धनुषाको धनुषाधाम नगरपालिका तथा सशस्त्र बेश क्याम्प सर्सामा भएको छुटाछुट्टै विदाई कार्यक्रममा प्रहरी नीरिक्षक केसीलाई स्थानीय निकायका अगुवा तथा स्थानीय तहका पदाधिकारहर

२०७४ पुस ८ शनिबार, बिहान ८:१९ बजे१ मिनेट पढाइ

विनय कुमार यादव, जनकपुरधाम, ८ पुस ।
सशस्त्र प्रहरी बेस क्याम्प सर्साका प्रहरी नीरिक्षक डम्बर बहादुर केसीलाई विदाई गरिएको छ ।
शुक्रबार धनुषाको धनुषाधाम नगरपालिका तथा सशस्त्र बेश क्याम्प सर्सामा भएको छुटाछुट्टै विदाई कार्यक्रममा प्रहरी नीरिक्षक केसीलाई स्थानीय निकायका अगुवा तथा स्थानीय तहका पदाधिकारहरुद्धारा ससम्मान विदाई गरिएको हो ।

धनुषाधाम नगरपालिकाको प्रागँनमा भएको विदाई समारोहमा नगरपालिका प्रमुख बालेश्वर मण्डलले मायाको चिनो प्रदान गर्दै ससम्मान फूल माला र अबिर लगाई विदाई गरे ।
नीरिक्षक केसीले आफनो ७ महिने कार्यकाल निष्ठापुर्वक निर्वाह गरेको भन्दै ससम्मान विदाई गरिएको जनाइएको छ ।
केसीले आफनो कार्यकाल अवधिमा मुस्कान सहितको प्रहरी सेवा धर्मलाई निर्वाह गर्न सफल भएको भन्दै स्थानीय बुद्धिजीवी, युवा, पत्रकार, स्थानीय तहका पदाधिकारी, अधिकृत सहितका पदस्थ व्यक्तिहरुले केसीको कार्यकालको प्रशँसा गर्दै विदाई गरे ।

यस्तै, शसस्त्र बेश क्याम्प सर्सामा समेत गरिएको विदाई समारोहमा ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी नीरिक्षक प्रकाश दाहाल सहित बेश क्याम्पकै उच्च पदस्थ प्रहरी अधिकारी तथा जबानहरुले फूलमाला, अबिर लगाउँदै केसीलाई भावपूर्ण विदाई गरे ।
नयाँ प्रहरी नीरिक्षक सुवर्ण पोखरेललाई स्वागत
यसका साथै, केसीलाई विदाई गर्दै क्याम्पमा प्रहरी नीरिक्षकको रुपमा आएका नयाँ प्रहरी नीरिक्षक सुवर्ण पोखरेललाई स्थानीयहरुले स्वागत गरेका हुन । पोखरेललाई स्वागत गर्दै कार्यकालको लागि बधाई तथा शुभकामना दिए ।
विदाई समारोहमा ईलाका प्रहरी कार्यालय यज्ञभूमिका सहायक प्रहरी नीरिक्षक रामभक्त भटटराई, एमालेका नेता योग कुमार यादब, बाम गठबन्धन माओवादी केन्द्रका जिल्ला अध्यक्ष दिपक यादव, न्यूज ब्युरो अनलाईनका पत्रकार विनय कुमार यादव सहितको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…