दाई भेटन गएकी एक नेपाली युवतिको भारतको दिल्लीमा' गैंग रेप'
दाईलाई भेटेपछि उनले घटनाबारे भनेपछि प्रहरीका उजुरी परेको थियो ।

२०७६ जेठ १ बुधबार, बेलुकी ५:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्ना दाईसंग भेटन भारत गएकी एक नेपाली युवतिको सामुहिक बलात्कार (गैंग रेप) भएको खुलासा भएको छ ।
गत आईतबार मात्र नेपाली मूलकी २२ वर्षीया युवतीको दिल्लीको द्वाराकामा सामूहिक बलात्कार भएको र उनलाइ चार जनाले बलात्कार गरेको स्थानीय प्रहरीले जनाएको छ ।
भारतीय प्रहरीका अनुसार पीडित युवती मुम्बईमा आफ्नो दाइ भेट्न जाने क्रममा थिइन् । उनी शनिवार बसबाट दिल्ली पुगेकी थिइन् भने त्यहाँबाट मुम्बईको लागि रेल चढ्ने योजना थिइन् । तर उनी समयमा पुग्न नसकेपछि उनले मुम्बई जाने रेल भेट्न सकिनन् ।
रेलको प्लेटफर्ममा बसिरहेका बेला उनी सामु चार जना युवा आए र यहाँ सुरक्षित छैन्, उता जाउँ भनि लगेर बलात्प्रकार गरेको प्रहरीलाई उदृत गर्दै मुम्बइ मिररले जनाएको छ ।आफूलाई चार जनाले बलात्कार गरेर मुम्बइ जाने रेलमा चढाइदिएको उनले प्ररहरीसमक्ष दिएको उजुरीले उल्लेख गरिएको छ । दाईलाई भेटेपछि उनले घटनाबारे भनेपछि प्रहरीका उजुरी परेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…