विदेशमा रहेर पनि हामी मधेशको लागि समाजसेवा छौं : सल्हेश एकता मँच
विकृति दलित गरिबहरु प्रति शोषण दमन भेदभाव दहेज प्रथा तथा अफ्नो धर्मलाई संरक्षण जस्ता काम गरेकोमा खुसी प्रकट

२०७६ बैशाख २८ शनिबार, बिहान ११:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, कत्तार । आप्रबासी दलित युवाहरुको सक्रियतामा गठित सल्हेश एकता मञ्च नेपालले विदेशी भूमिमा रहेर पनि मधेशी मूलका नेपालीहरुलाई प्रत्यक्ष रुपमा सेवा गर्दै आएको चर्चा गरिएको छ ।
शुक्रबार प्रवासी स्थित दोहा कतारको ग्रान्ड मल्लमा मासिक बैठक तथा भेटघाट अन्तरक्रिया कार्यक्रममा विभिन्न विषयमा भएको वृहत छलफलको क्रममा सहभागीहरुले मधेशी मूलक नेपालीहरुलाई परेको बेला सल्हेश एकता मँचले सहयोगार्थ भावना देखाउँदै आएको र आगामी दिनमा निष्ठाले समाजसेवा गरिरहेन प्रण गरे ।
शनिबार यसै संस्थाको आयोजनामा हुन गईरहेको सप्तरी सुरुङा नगरपालिका स्थित म.ज.मा.बि कुशहामा दलितहरुको अगुवा भेटघाट अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रमलाई सफल पार्ने विषयमा समेत छलफल भएको बताइएको छ ।
यसका साथै संस्थामा नव सदस्यहरुको आगमनलाई स्वागत गर्दै आगामी दिनहरुको योजना र सहयोग तथा सेवाको बारेमा वृहत छलफल समेत गरिएको थियो । शुक्रबार बसेको मासिक बैठकबाट सँस्थाको गतिविधि तथा योजनाहरुको बारेमा समिक्षा गरिएको थियो । नव सदस्यहरुमध्ये बाट रामसेवक महराले प्रवासबाट भएपनि हाम्रो समाजमा भइरहेको विकृति दलित गरिबहरु प्रति शोषण दमन भेदभाव दहेज प्रथा तथा अफ्नो धर्मलाई संरक्षण जस्ता काम गरेकोमा खुसी प्रकट गरे ।
अबको बैठक अर्को महीना १४ तारीखको राख्ने सर्वसहमती भएको दोहा कतारको लागि कार्यकारी अध्यक्ष रामउदगार रामले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…