आफ्नै भाउजुसँग थियो मुकेशको अवैद्य सम्बन्ध, दुवै मिली निर्मलालाई जलाए !
भाउजु श्यामा देवीले लुगाकपडा मात्र किन निर्मला समेतलाई पेट्रोल छर्की आगो लगाई दिन भनेपछि निर्मलालाई आगो लगाएको !

२०७६ बैशाख २६ बिहीबार, बेलुकी ७:०० बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा आफ्नै श्रीमतिलाई पेट्रोल छर्की आगो लगाएर मार्ने अभियुक्त पक्राउ परेका छन् ।
गत बैशाख ५ गते धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ चिरैया बस्ने झरी गोईतका २३ बर्षिय छोरा मुकेश यादवले आफ्नै २१ बर्षिय श्रीमति निर्मलालाई जीउमा पेट्रोल छेर्केर आगो लगाएका थिए भने गत बैशाख १६ गते काठमान्डौँ स्थित किर्तिपुर अस्पतालमा निर्मलाले अन्तिम साँस लिएकी थिईन ।
व्यापक खोज तलासपछि लुकीछिपी बस्दै आएका मुकेशलाई जिल्ला प्रहरी कार्यालय धनुषाले विहिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन् । आफ्नै भाउजुसँग अनैतिक सम्बन्धमा रहेका मुकेशले भाउजुसँगै भाग्ने योजनामा थिए उनले प्रहरीको बयानमा बताएका छन् । निर्मलालाई बाटोबाट हटाउनको लागि उनकै भाउजु २५ बर्षिय श्याममा देवी यादवसँग मिलेर जीउमा पेट्रोल छर्केर आगो लगाएको बयान दिएका छन् ।
दहेजको विकराल रुप : धनुषाकी एक युवति उपर मट्टितेल छर्केर श्रीमानले लगाए आगो !
आफ्नै श्रीमतीलाई आगो लगाई हत्या गर्ने मुकेश र आगो लगाउन मतियार बनेकी उनकी भाउजु श्यामलाई विहिबार दिउँसो पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेका छन् । मुकेशले निर्मलाको जीउभरि आगो लगाउँदै जलाएर भागेको सूचनापछि एक्सनमा आएका धनुषा प्रहरीले उनलाई सुदुरपश्चिम प्रदेशको कञ्चनपुरबाट पक्राउ गर्न सफल भएको बताइएको छ ।

मुकेश गोईत यादवलाई खोजतलास गर्दाको क्रममा विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र ई.प्र.का. सबैला समेतको प्रहरी टोली खटी गई खोजतलास गर्दा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको गड्डा चौकी भन्ने स्थानमा लुकीछिपी बसेकोमा निजलाई पक्राउ गरी यस कार्यालयमा दाखिला गरी प्रारम्भिक सोधपुछ गरिएको प्रहरीले जानकारी दिए ।
RIP - आगो लगाइएकी निर्मला पनि रहिनन् !
जिल्ला प्रहरी कार्यालयका प्रमुख शेखर खनालका अनुसार, प्रारम्भिक अनुसन्धानबाट मुकेशको विवाह पुर्व देखी नै आफ्नै भाउजु वर्ष २५ की श्यामा देवी यादवसंग अनैतिक सम्वन्ध रहेको तथा विवाह पश्चात पनि सो सम्वन्ध कायम नै रहेको र सो कुराको जानकारी मृतक निर्मला देवीले थाहा पाएपछि उनलाई हत्या गर्ने योजना बनाएको बताए ।
निर्मला र श्यामा देवी विच पटक पटक झैझगडा भईरहने गरेकोमा घटनाको दिन समेत दुई पक्ष विच सोही विषयमा पुनः झगडा हुँदा मुकेशले झगडा छुट्याई श्रीमतीलाई कुटपीट गर्दै मृतक निर्मलाको लुगाकपडा जलाउन बाहीर आँगनमा झिकी पेट्रोल लिन पनि भाउजु श्यामा देवीकै पसलमा गएको बताईएको छ ।

मुकेश पसल पुग्दा के गर्न पेट्रोल चाहीयो भनी सोध्दा श्रीमती निर्मलालाई गाली गर्दै उसको सम्पुर्ण सामान जलाई घरवाट निकाली दिन्छु भन्दा भाउजु श्यामा देवीले लुगाकपडा मात्र किन निर्मला समेतलाई पेट्रोल छर्की आगो लगाई दिन भनेपछि निर्मलालाई आगो लगाएको उनको प्रारम्भिक बयानबाट खुलेको हो ।
यसअघि प्रहरी तथा घर परिवारले पनि दाईजो नदिएको कारण जलाएको प्रतिक्रिया दिएका थिए । मुकेशले दाईजोको बहाना बनाएर निर्मलालाई कुटपिट गर्दै आएका थिए । उनीहको केही महिना अघि मात्र विवाह भएको थियो ।
"मुकेशले उनकी भाउजु श्यामासँग भागी विहे गर्ने भनी वचन दिएकोमा मुकेशले दाहीने हातमा मिनीरल वाटरको बोतलमा पेट्रोल बोकी निर्मलाको जिउ आँग र जम्मा पारेको लुगाकपडा समेतमा पेट्रोल छर्की आगो लगाई सो स्थानवाट भागी फरार भई विभिन्न स्थानमा लुकीछिपी बसी रहेको अवस्थामा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको गड्डा चौकी स्थितवाट प्रहरीले मिति २०७६।०१।२५ गते पक्राउ गरी दाखिला गरेको छ ।"- जिल्ला प्रहरी कार्यालय धनुषाको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसका साथै श्यामा देवी लाई समेत ई.प्र.का. सवैलाको प्रहरी टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा दाखिला गर्दै उनीहरु उपर कर्तव्य ज्यान शिर्षक मुद्दामा धनुषा जिल्ला अदालतबाट म्याद थप गर्ने कार्य भईरहेको र अन्य अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।
आगो लगाएर फरार भएका मुकेश झण्डै ३ सातापछि प्रहरीको गिरफ्तमा आएका हुन ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…