आगलागीमा परी कोरियामा २९ जनाको मृत्यु
सोल, ६ पुस : दक्षिण कोरियाको मुख्य सहर मध्येमा पर्ने जोसेन सहरमा रहेको एउटा भवनमा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ । राजधानी सोल देखि झण्डै १७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो । आगलागी भएको भवनमा ब्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सञ
२०७४ पुस ६ बिहीबार, राति ८:१८ बजे१ मिनेट पढाइ

सोल, ६ पुस : दक्षिण कोरियाको मुख्य सहर मध्येमा पर्ने जोसेन सहरमा रहेको एउटा भवनमा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ ।
राजधानी सोल देखि झण्डै १७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो ।
आगलागी भएको भवनमा ब्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सञ्चालनमा रहेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।
मृत्यु भएकामध्ये सवै जना भवनको दोस्रो तलामा रहेकोे अधिकारीहरुले बताएका छन् । उनीहरु सवै जना घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए ।
आगलागीमा परी अरु २६ जना घाइते भएका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । धुवाले निसास्सिएकै अवस्थामा उनीहरुलाई अस्पताल प¥याइएको हो ।
घाइतेहरुको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् ।
स्थानी समय अनुसार दिउसो ३.५३ बजे आगलागी सुरु भएको थियो । आगलागी भए लगत्तै ५० ओटा अग्नी नियन्त्रक यन्त्र, ६० जना अग्नी नियन्त्रक र हेलिकोप्टर आगलागी नियन्त्रण गर्न र पिडितहरुलाई उद्धार गर्न खटाइएको थियो ।
उनीहरुले बेलुका ५.४० मा मात्रै आगो नियन्त्रणमा लिन सकेका थिए । अहिले पनि उद्धारकर्ताहरुले जलेको भवन भित्र अरु पनि कोही जलेको वा जिवितै हुन सक्ने आशंका सहित खोजी गरिरहेका छन् ।
उद्धारकर्ताहरुले भवन भित्र जिवितै रहेको भेट्ने संभावना निकै कम रहेको र थप मृतकहरु भने भेटीन सक्ने अनुमान गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…