घुस लिँदालिँदै ईलाका प्रशासनका कम्प्युटर अपरेटर रँगेहात पक्राउ
अनुसन्धानको लागि अख्तियारको कार्यालयमा वर्दिवास लगिएको प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताएका छन ।

२०७६ बैशाख २४ मंगलबार, बेलुकी ७:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिवास । घुस लिदै गरेको अवस्थामा अख्तियारको टोलीले ईलाका प्रशासन कार्यालय रामगोपालपुरवाट एक जना कम्प्युटर अपरेटरलाई पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय वर्दिवासको टोलीले कार्यालयको परिसरबाट रंगेहात कम्प्युटर अपरेटर पदमा कार्यरत अशोक कुमार सिंहलाई पक्राउ गरेका छन । सिंहले एक जना सेवाग्राहीसँग नागरिकता बनाईने दिने भन्दै ४ हजार रकम घुस मागेको र सोही दिने समयमा सिंहलाई अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
अखितयारको टोलीले पक्राउ परेका सिंहलाई आवश्यक अनुसन्धानको लागि अख्तियारको कार्यालयमा वर्दिवास लगिएको प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…