तराई मधेशका यी सशस्त्र विद्रोही पनि अब राजनीतिमा, भन्छन्- 'मधेशको लागि लडछौं'
सरकारसँग पटक–पटक वार्ता गरी हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा आएको मोर्चाले तराई ,मधेशको हितलाई केन्द्रमा राखेर राजनीति गर्ने !

२०७६ बैशाख २३ सोमबार, बिहान ८:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराईमा सशस्त्र गतिविधि गर्दै आएका जनतान्त्रिक तराई मुक्ति मोर्चा राजनीतिमा स्मूथ अवतरण गर्न लागेका छन् ।
तराई मधेशमा केहि वर्ष पूर्व सम्म सशस्त्र विद्रोहमा रहेको जनतान्त्रिक तराई मुक्ती मोर्चा अब राजनीतिक मुल प्रवाहमा आएको जनाइएको छ । मोर्चाका सँयोजक मनोज कुमार झा उर्फ डा. मनोज मुक्ति 'विवेक' ले एक प्रेस विज्ञप्ति जारी गर्दै विद्रोहीको बाटो त्यागेर मूलधारको राजनीतिमा आएको दाबी गरेका छन् ।
सरकारसँग पटक–पटक वार्ता गरी हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा आएको मोर्चाले तराई ,मधेशको हितलाई केन्द्रमा राखेर राजनीति गर्ने बताउँदै सँयोजक मुक्तिले जनतान्त्रिक ‘केन्द्रीय सचिवालय’ बैठकका निर्णयहरुको सफल एवं प्रभावकारी कार्यान्वयन र व्यवस्थापन एवं संगठन परिचालन हेर्न मोर्चाका राष्ट्रिय अध्यक्षकै संयोजकत्वमा सात सदस्यीय ‘संगठन परिचालन तथा ब्यवस्थापन समिति’ समेत गठन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
संगठन परिचालन तथा ब्यवस्थापन समितिका सदस्यहरुमा दिपक सिंह ‘भाष्कर मुक्ति’ लाक्पा तामाङ, प्रेम तामाङ, बुलन यादव, सुमित्रा बास्तोला र दिवस सिंह छन् ।
मोर्चाले मुद्दा–विचार मिल्ने राजनीतिक–सामाजिक शक्तिहरुबीच एकीकरण, मोर्चाबन्दी, कार्यगत एकतालाई युद्धस्तरमा अगाडी बढाउने, नेपाल सरकार, संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दल, नेपाल स्थित कुटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्रािष्ट्रय मानवअधिकार आयोग संगठन र नागरिक अगुवाहरुलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।
यसैगरी, निर्वाचन आयोगमा दल दर्ता गर्ने, काठमाण्डु र जिल्ला सदर मुकाममा विभिन्न पक्षसँग अन्तरक्रिया, छलफल, सम्वाद गर्ने, प्रत्येक स्थानीय तहमा नागरिक सम्वाद गर्ने, वडादेखि केन्द्रसम्मको सांगठनिक पुनःसंरचना एवं सुदृढीकरण गर्ने, खाडी मुलुक र अन्य विदेशी भूमिमा रहेका नेपालीसँग सम्पर्क गरी समितिहरु गठन गर्ने र भदौको पहिलो हप्ता काठमाण्डुमा ‘ बिशाल जनसभा’ गर्ने मोर्चाका संयोजक मुक्तिले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
गत बैशाख ३ गते पार्टीको केन्द्रीय कार्यालय (हेडक्वाटर) मा बसेको बैठकबाट मुक्तिकै संयोजकत्वमा सो ७ सदस्यीय समिति गठनको निर्णय गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…