साना किसानका अध्यक्षद्धारा आफ्नो सबै सेवासुविधा किसानमै बाँडने घोषणा
न्यूज ब्यूरो, धनुषा । धनुषामा साना किसान सहकारी सँस्थाका एक अध्यक्षले सँस्थाबाट कुनै पनि प्रकारको सेवा सुविधा नलिने घोषणा गरेका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ९ स्थित साना किसान कृषि सहकारी संस्था दिगम्बरपुरका सँचालक समिति अध्यक्ष इन्द्र कुमार महतोले कुनै पनि प्रकारको सेवा सुविधा नलिन

२०७६ बैशाख २१ शनिबार, राति ९:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा साना किसान सहकारी सँस्थाका एक अध्यक्षले सँस्थाबाट कुनै पनि प्रकारको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ९ स्थित साना किसान कृषि सहकारी संस्था दिगम्बरपुरका सँचालक समिति अध्यक्ष इन्द्र कुमार महतोले कुनै पनि प्रकारको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
सँस्थाको मासिक बैठकमा अध्यक्ष महतोले आफ्नो सेवा सुबिधा किसानहरुमा खर्च गर्ने र सबै सेवा सुबिधा नलिने घोषणा गरेका हुन । साना किसानमा उमाप्रेमपुर र दिगम्बरपुर टोलका किसानहरु लगायत २ हजार ५० जना रहेका छन् ।
सहकारी सँस्थाले विभिन्न किसिमका किसानलाई रकम कर्जा दिदै आएको छ । विशेष गरी सिँचाई तथा बालीनाली अन्य प्रकारको खेतीपातिको लागि यस सँस्थाले किसानहरुलाई ऋण उपलब्ध गराउँदै आएको हो ।
किसानहरुको मौसमी खेतिको लागि साना किसान कृषि सहकारी सँस्थाकै पहलमा खेतहरुमा विजुलि पोलिंग भएको जनाउँदै केही दिनमै विद्युतबाट सिँचाईको व्यवस्था गरी कृषिमा क्रान्ती ल्याउने जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…