तालिबानका जिल्ला गभर्नर मारिए
कुन्दुज (अफगानिस्तान), ६ पुस : अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिबान आतङ्ककारी समूहका एकजना कथित जिल्ला गभर्नर मारिएका छन् । कुन्दुज प्रान्तको खानबाद जिल्लाका ती जिल्ला गभर्नर मवलावी दोस्त मोहमद अफगान सेनाको कारबाहीकाक्रममण मारिएको बताइएको छ । सो प्रान्तका सैनिक प्रवक्ता अब्दुल खालिलले बिहीबार प्र
२०७४ पुस ६ बिहीबार, बेलुकी ७:०२ बजे१ मिनेट पढाइ

कुन्दुज (अफगानिस्तान), ६ पुस : अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिबान आतङ्ककारी समूहका एकजना कथित जिल्ला गभर्नर मारिएका छन् ।
कुन्दुज प्रान्तको खानबाद जिल्लाका ती जिल्ला गभर्नर मवलावी दोस्त मोहमद अफगान सेनाको कारबाहीकाक्रममण मारिएको बताइएको छ ।
सो प्रान्तका सैनिक प्रवक्ता अब्दुल खालिलले बिहीबार प्रकाशन गर्नुभएको विज्ञप्तिमा अफगान सेनाले गरेका कारबाहीकाक्रममा ती गभर्नर मारिएको जानकारी दिनुभएको छ ।
मोहमद कुन्दुज प्रान्तको खानबाद जिल्लाको तालिवान लडाकू समूहको गभर्नर रहेको खुलेको पनि अफगान सेनाले जानकारी दिएको छ ।
बिहीबारको कारबाहीमा परी बिहान सबेरै उनको मृत्यु भएको र उनका सहयोगी भने घाइते भएका सो विज्ञप्तिमा जनाइएको छ ।
बिहीबार विहान सबेरै इब्राहिम सिल गाउबाट भाग्न लागेका ती गभर्नर र उनको सहयोगीको मृत्यु भएको ती प्रवक्ताले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।
गएको केहीदिन यतादेखि खानबाद जिल्लामा सुरक्षा कारबाही जारी रहेको थियो । सो जिल्लामा उपस्थित तालिवान आतङ्ककारी समूहले भने यस विषयमा केही टिप्पणी गरेका छैनन् ।
यसैबीच प्राप्त एक अर्को समाचार अनुसार अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा विशेष सुरक्षा बलले गरेको एक कारबाहीको क्रममा १९ जना आतङ्ककारी पक्राउ परेका सैनिक प्रवक्ता नसरातुल्लाह जाम सिदीले बताउनु भएको छ ।
सो विशेष सुरक्षा कारबाही चामताल जिल्लाको फातिमा खिल क्षेत्रमा भएको जनाइएको छ । अफगान सेनाले पछिल्लो समयमा तालिबानविरुद्धको कारबाहीलाई तिब्र पारेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…