फिलिपिन्समा २५१ यात्रु सवार डुङ्गा दुर्घटना, धेरै हताहत भएको आशङ्का
मनिला, ६ पुस : फिलिपिन्समा करिब २५१ यात्रु सवार एक डुङ्गा दुर्घटनाग्रस्त भएको समाचार छ । बिहीबार भएको सो दुर्घटनाग्रस्त डुङ्गामा रहेका २५१ यात्रुको अवस्था पत्ता नलागेको सामुद्रिक तटीय सुरक्षा गार्डले जानकारी दिएका छन् । उनीहरुले ती यात्रुहरुको अवस्था अझै अज्ञात रहेको र ठूलो सङ्ख्यामा हताहत भएको हुनस
२०७४ पुस ६ बिहीबार, बेलुकी ६:५७ बजे१ मिनेट पढाइ

मनिला, ६ पुस : फिलिपिन्समा करिब २५१ यात्रु सवार एक डुङ्गा दुर्घटनाग्रस्त भएको समाचार छ ।
बिहीबार भएको सो दुर्घटनाग्रस्त डुङ्गामा रहेका २५१ यात्रुको अवस्था पत्ता नलागेको सामुद्रिक तटीय सुरक्षा गार्डले जानकारी दिएका छन् ।
उनीहरुले ती यात्रुहरुको अवस्था अझै अज्ञात रहेको र ठूलो सङ्ख्यामा हताहत भएको हुनसक्ने आशङ्का गरिएको बताएका छन् ।
मनिला सहरबाट करिब ७० किलोमिटर पूर्वमा रहेको सामुद्रिक भूभागमासो दुर्घटना भएको जनाइएको छ । फिलिपिन्स द्वीपमा खराव मौसमको कारण सो दुर्घटना भएको तटीय सुरक्षा गार्डका प्रवक्ता अरमान्द बलिलोले पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ ।
उद्धारको लागि हेलिकोप्टरहरु त्यसतर्फ पठाइएको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…