म्यानमारको जेलमा कैद सिरहाका लट्ठुरामलाई नेपाल ल्याउन कसले थाल्यो पहल ?
कागजात त्यहाँका अधिकारीले पाएपछि मोची जेलमुक्त हुने अपेक्षा गरिएको छ ।
२०७६ बैशाख १३ शुक्रबार, बेलुकी ७:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । म्यानमारको जेलमा विगत डेढ वर्षदेखि जेली जीवन बिताइरहेका सिरहाका लट्ठु भन्ने रामप्रसाद मोचीलाई स्वदेश फर्काउने पहल थालिएको छ ।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका १ का लट्ठुराम डेढ वर्षअघि भारतीय नाकाबाट बिना पासपोर्ट म्यानमार पुगेपछि उनी पक्राउ परेका थिए । पक्राउ परेदेखि उनी जेलमा कैद छन् । म्यानमारका राष्ट्रपतिले कैद माफीको घोषणा गरेपछि उनीसँग पहिचान खुल्ने कुनै कागजात नभएका कारण जेलमुक्त हुन पाएका छैन ।
पहिचान खुल्ने कागजात नभएर जेलमुक्त हुन नसकेका मोचीलाई स्वदेश फर्काउने प्रयास दीप फाउन्डेशनले थालेको छ । शुक्रवार विहान फाउन्डेशनका कार्यकारी निर्देशक जितेश कर्णले मोचीको घर पुगेका उनका आफन्तसँग आवश्यक कागजात लिएका छन् ।
मोचीको परिचय खुल्ने कागजात म्यानमारमा फोन मार्फत कुरा गरेर निर्देशक कर्णले पठाइसकेका छन् । कागजात त्यहाँका अधिकारीले पाएपछि मोची जेलमुक्त हुने अपेक्षा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विनय कु. यादव | सिरहा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…