स्वास्थ्य राज्यमन्त्री यादवकै हस्पिटल शौचालयमा एक नर्सको रहस्मयी मृत्यू !
जनकपुरको जानकी हेल्थ केयर विभिन्न समयमा विभिन्न काण्डमा पटक पटक विवादीत हुँदै आएको छ ।

२०७६ बैशाख ८ आइतबार, बिहान ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अस्पतालमा एक नर्सको रहस्मयी मृत्यू भएको छ ।
डा. यादवको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बजरँग चौक स्थित रहेको जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा एक स्टाफ नर्सको शौचालयमा रहस्यमयी मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
महोत्तरीको गौशाला नगरपालिका वडा नं. ३ रामनगर बस्ने वर्ष २४ की रक्षा आले जानकी हेल्थ केयरको शौचालयमा पासो लगाएको अवस्थामा मृत भेटिएकी थिइन् । गएराती करिब १ बजे शौचालय गएकी आले धेरै बेरसम्म बाहिर नआएपछि अस्पतालका स्टाफहरुमा शंका उत्पन्न भएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषाको कन्ट्रोल रुपममा फोन गरी अस्पतालकै स्टाफले आलेको घटनाबारे जानकारी गराएको थियो ।
जनकपुरको जानकी हेल्थ केयर विभिन्न समयमा विभिन्न काण्डमा पटक पटक विवादीत हुँदै आएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवम् डिएसपी रामेश्वर कार्कीका अनुसार, घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषा र जानकी प्रहरी चौकीबाट खटि गएको टोली रातीदेखि नै अस्पतालमा निगरानी राखेका छन् । अहिले जानकी प्रहरीसँगैको सँयुक्त टोली घटनास्थल पुगेर छानबिन अघि बढाएको हो ।
डिएसपी कार्कीका अनुसार आले भित्र शौचालयको चुकुल लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । भित्रैबाट चुकुल लगाएको हेर्दा आत्महत्याझैँ देखिएपनि थप अनुसन्धान र पोष्टमार्टमको रिपोर्टपछि मात्र विस्तृत भन्न सकिने उनले जनाए ।
जनकपुरको जानकी हेल्थ केयर विभिन्न समयमा विभिन्न काण्डमा पटक पटक विवादीत हुँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…