वीरगंजको सुपर ग्यास उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा
वीरगंज : वीरगंज महानगरपालिका वडा नं १८ भवानीपुरस्थित सुपर ग्यास उद्योगमा आज विहान ६ बजेदेखि लागेको आगो अपरान्ह तीन बजे नियन्त्रणमा आएको छ। बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीवासीको ९ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको हो। आगो नियन्त्रणमा आएपछि त्यसक्षेत्रको जनजीवन केही सामान्य बनेको छ। आगलागी निय

२०७४ पुस ५ बुधबार, दिउँसो ४:१२ बजे१ मिनेट पढाइ

वीरगंज : वीरगंज महानगरपालिका वडा नं १८ भवानीपुरस्थित सुपर ग्यास उद्योगमा आज विहान ६ बजेदेखि लागेको आगो अपरान्ह तीन बजे नियन्त्रणमा आएको छ। बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीवासीको ९ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको हो।
आगो नियन्त्रणमा आएपछि त्यसक्षेत्रको जनजीवन केही सामान्य बनेको छ। आगलागी नियन्त्रणमा आएसँगै सुरक्षाकर्मी उद्योगभित्र प्रवेश गरेका छन्। आगलागीबाट बारुणयन्त्रका कर्मचारी यादवप्रसाद अधिकारी र मधुसुदन मिश्रको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
भारतबाट ल्याइएको ग्यास बुलेटबाट उद्योगको ट्याङ्कीमा ग्यास भर्ने क्रममा आगलागी भएको थियो। मंगलबार राति उद्योगमा ग्यास बुलेट बोकेर ४ वटा भारतीय बुलेट आएका थिए।
ती मध्ये एउटा बुलेट आगलागीबाट ध्वस्त भएको छ भने तीन वटा बुलेटका भने टायरमात्र जलेका छन्। त्यस्तै आगलागीबाट ग्यास ओसार्न प्रयोग गरिने दुई वटा मिनिट्रक पनि ध्वस्त भएका छन्। घाइते मध्ये दुई जनालाई उपचारका लागि काठमाडौं लगिएको छ भने एक जनाको वीरगंजमा उपचार भइरहेको छ।
उद्योगमा आगलागी भएपछि आसपासका सुखचैन, पटेलनगर, जगरनाथपु, ईनार्वा, भवानीपुर, मनियारी, प्रसौनीविर्तालगायतका गाउँका बासिन्दा बस्ती छाडेर भागेका थिए।
#Pahilopost
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…