तेस्रो मनमोहन दुहबी गोल्डकप उपर दाफिन्स क्लबको कब्जा
सर्वोत्कष्ट खेलाडी सन्तोस तामाङले २५ हजार नगद र ३२ इन्च एलइडि टिभि प्राप्त गरे ।
२०७५ चैत २३ शनिबार, राति १०:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहवीमा जारि तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबलको उपाधि दाफिन्स क्लब क्यामरुनले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लब काठमांडौलाई सड एण्ड डेथ टाइममा पराजित गर्दै उपाधि जितेको हो । उपाधिसंगै दाफिन्स क्लब क्यामरुनले नगद ६ लाख रुपैया प्राप्त गर्यो ।
त्रिभुवन आर्मी क्लब काठमांडौले ३ लाख रुपैयामा चित्त बुझाउनु पर्यो । फाइनल खेलमा मध्यान्तर अघि र मध्यान्तर पछि दुवै तर्फबाट प्रतिस्प्रधात्मक खेल भएपनि वरावरी भएको थियो ।
निर्धारित समय सम्म दुवै पक्षबाट गोल न भएपछि टाइब्रेकरको साहारा लिइएको थियो । टाइब्रेकरमा समेत वरावरी भएपछि सड एण्ड डेथ टाइममा त्रिभुवन आर्मीका जर्सी नम्वर ३३ विकास खवास गोल गर्नबाट चुकेपछि दाफिन्स क्लब क्यामरुनले उपाधि हात पारेको हो ।
उपाधि विजेता टिमलाई गोल्डकप समापन कार्यक्रमका प्रमुख अतिथि दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारलेले नगद, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । त्रिभुवन आर्मी क्लब काठमांडौका जर्सी नम्वर २ सुमन आर्याल खेलको म्यान अफ द म्याच घोषित भए ।
उनलाइ पुरस्कार स्वरुप नगद १० हजार तथा मेडल प्रदान गरिएको थियो । प्रतियोगिता अवधिभरका विभिन्न उत्कुष्ट विधा तर्फका खेलाडीहरुलाइ समेत पुरस्कृत गरिएको थियो । यस्तै उत्कृष्ट डिफेण्डरमा त्रिभुवन
आर्मीका विकास खवास घोषित भए ।
उत्कृष्ट मीडफिण्डरमा दाफिन्स फुटबल क्लब क्यामरुनका ओनगुन जुनियर,उत्कृष्ट फर्वाड आर्मीका भरत खवास, सर्वा्धिक गोलकर्ताको पुरस्कार आर्मीका टेक बाहादुर बुढाथोकी तथा सर्वोत्कृष्ट खेलाडी आर्मीका सन्तोस तामाङ घोषित भए ।
विद्यागत उपाधि विजेता खेलाडीले जनही नगद १५ हजार मेडल प्राप्त गरे भने । सर्वोत्कष्ट खेलाडी सन्तोस तामाङले २५ हजार नगद र ३२ इन्च एलइडि टिभि प्राप्त गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
चन्दन रौनियार
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…