महोत्तरीमा युवतिको लास, बलात्कार गरी हत्या गरी फालिएको अनुमान !
अहिले घटनास्थलमा प्रहरीको टोली पुग्न लागेको जनाइएको छ ।

२०७५ चैत २२ शुक्रबार, दिउँसो १:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा एक यूवतिको लास फेला परेको छ । महोत्तरीको सोनमा गाउँपालिका २ सिंहासनी जानेबाटोको पूर्व राहर खेतमामा हत्या गरेको अवस्थामा आज (शुक्रबार) दिउँसो शव फेला परेको हो ।
सनाखत हुन नसकेकी अन्दाजी २१ वर्षकी ती युवतीको घाँटीमा नील डाम देखिएकाले कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ । दुईदिन अघि ती युवतीको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।
राहर खेतमा स्थानीयहरु घाँसको लागि जाँदा युवतिको लास देखेपछि तत्कालै स्थानीयहरुले प्रहरीलाई खवर गरेको थियो । अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरीको अनुसन्धान टोली घटनास्थल जान लागेको जनाइएको छ । यस घटना बारे थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…