आँधी पीडितलाई कत्तारबाट मधेशी यूवाको सहयोग
एकअर्काको सहयोग नै आनन्दमयी जीवन भएको भन्दै सक्दो सहयोग गर्न सदैव तत्पर रहेको जनाए ।

२०७५ चैत २० बुधबार, राति ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बारा–पर्सामा गत १७ गते राती आएको विनाशकरी आँधीका पीडितलाई खाडीमा रहेका मधेशी यूवाहरुले आर्थिक सहयोग प्रदान गरेको छ । कत्तारको ‘अल–मुफ्ताह ग्रुप’ नामक कम्पनीमा कार्यरत मधेशी मूलका नेपाली यूवाहरुले आँधी पीडितलाई २९ हजार ७ सय ९० रुपैयाँ सहयोग गरेको हो ।
रोजगारीको शिलशिलामा कत्तारस्थित अल–मुफ्ताह ग्रुप कम्पनीमा कार्यरत सप्तरी निवासी रामेश्वर साहको नेतृत्वमा सँकलन गरिएको उक्त सहयोगार्थ रकम रेमिटान्स मार्फत् बारा पठाइएको छ ।
आँधी पीडितका लागि सप्तरी निवासी रामेश्वर साह, महोत्तरीका फेकन मुखिया, सँजय मन्डल, झापाका धनकुमार कोइराला, धनुषाका रोहित सदा, बिजय पासवान, अरुण सदालगायतले रकम सहयोग गरेका हुन् ।
मधेश विपदमा परेका बेला आफूहरु देश बाहिर रहेपनि मधेशको साथमै रहेको आभाष दिलाउन मानवताको हैसियतले सहयोग गरेको मधेशी यूवा रामेश्वर साहले न्यूज ब्यूरोसँग भने ।
उनीहरुले एकअर्काको सहयोग नै आनन्दमयी जीवन भएको भन्दै सक्दो सहयोग गर्न सदैव तत्पर रहेको जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…