चर्च ब्वाइज युनाइटेड लाई ५ गोलले हराउदै त्रिभुवन आर्मि कलब सेमिफाइनलमा
भोलिको खेल पुलिस क्लब काडमाडौं र मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रे.से. झापाका बिच हुने
२०७५ चैत १६ शनिबार, राति ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहवी रंगशालामा तेश्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको शनिवार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौले चर्च ब्वाईज युनाइटेड काडमाडौं लाई ५–० गोल अन्तरले पाखा लगाउँदै सेमीफाइनलमा प्रवेश गरेको छ ।
मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको शनिवार समुद्घाटन गर्दै दुहवी नगर प्रमुख बेदनारायण गच्छदारले दुहवी रंगशालालाइ अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउँनकालागि डिपिआर तयार भइसकेको र खेलकुद विकासकालागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
समुद्घाटन कार्यक्रममा मनमोहन स्मृती प्रतिष्ठानका सदस्य सचिव सुभाषश्री पोखरेल, एन्फाका केन्द्रिय उपाध्यक्ष किशोर राई लगायतको उपस्थिति रहेको थियो । खेलको पहिलो हाफमा त्रिभुवन आर्मी क्लबका जर्सी नम्वर २२ टेक बहादुर बुढाथोकीले १ गोल गर्दै आफ्नो टिमलाइ १–० ले अग्रता दिलाएका थिए ।
लगतै ३० औं मिनेटमा त्रिभुवन आर्मीका जर्सी नम्वर १४ सन्तोष तामाङले १ गोल गर्दै आफ्नो टिमलाइ २–० ले अग्रता दिलाएका थिए । यसैगरि खेलको दोश्रो हाफको ५२ औ मिनेटमा त्रिभुवन आर्मीका जर्सी नम्वर २२ टेक बहादुर बुढाथोकीले थप १ गोल गर्दै आफ्नो टिमलाइ ३–० ले अग्रता दिलाएका थिए ।
लगतै ८३ औं मिनेटमा त्रिभुवन आर्मीकै जर्सी नम्वर २२ टेक बहादुर बुढाथोकीले थप १ गोल गरि ह्याट्रिक गर्दै ४–० ले अग्रता दिलाए । ८७ औं मिनेटमा त्रिभुवन आर्मीकै जर्सी नम्वर ८७ औं मिनेटमा त्रिभुवन आर्मीका जर्सी नम्वर २१ भरत खवास ले १ गोल गर्दै जित सुनिश्चित गराए । खेलको उत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका जर्सी नम्वर २२ टेक बहादुर बुढाथोकीलाइ नगद दस हजार सहित मेडल प्रदान गरिएको थियो।
आइतवारको दोश्रो क्वाटर फाइनल खेल नेपाल पुलिस क्लब काडमाडौं र मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रे.से. झापाका बिच हुँने आयोजकले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
चन्दन रौनियार
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…