तेस्रो मनमोहन दुहबी गोल्डकप भोलि देखि
चन्दन रौनियार , सुनसरी | रसुनसरीको दुहबी नगरपालिका अवस्थित एलेभन एरोज क्लब दुहबी एवम् मनमोहन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा, स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ हुन गइरहेको तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिता–२०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । तेश्

२०७५ चैत १५ शुक्रबार, राति ११:१२ बजे२ मिनेट पढाइ

चन्दन रौनियार , सुनसरी | रसुनसरीको दुहबी नगरपालिका अवस्थित एलेभन एरोज क्लब दुहबी एवम् मनमोहन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा, स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ हुन गइरहेको तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिता–२०७५ को तयारी अन्तिम चरणमा पुगेको छ ।
तेश्रो मनमोहन दुहवी गोल्ड कप फुटबल प्रतियोगिता चैत्र १६ गते देखि २३ गते सम्म हुने भएको छ । गोल्डकप प्रतियोगिताका लागि अनुमानित आय ५० लाख पचास हजार र अनुमानित खर्च ५० लाख पचास हजारनै रहेको आयोजकले दुहवी रंगशालामा शुक्रवार भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुने टिम लाई रु ६ लाख दोश्रो हुने टिम लाई रु ३ लाख का साथै ट्रफि मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
प्रतियोगिता अवधिमा प्रत्येक दिन १ जना उत्कुष्ट खेलाडीहरुलाइ १० हजार तथा मेडल र प्रतियोगिता अवधिभरका विभिन्न उत्कुष्ट विधा तर्फका ६ जना खेलाडीहरुलाइ समेत पुरस्कृत गरिने जानकारी दिइएको छ । प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न का लागि नेपालको उत्कृष्ट फुटबल क्लबहरु छिमेकी राष्ट्र भारत तथा तथा क्यामरुनको फुटबल क्लबलाई समावेश गराईएको छ ।
नेपालबाट त्रिभुवन आर्मी क्लब काडमाडौं, चर्च ब्वाईज युनाइटेड काडमाडौं, नेपाल पुलिस क्लब काडमाडौं, भारतको रोयल क्लब वेस्ट बंगाल, क्यामरुनको दाफिन्स फुटबल क्लब, मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रे।से। झापा, रुस्लान थ्रि स्टार क्लब काडमाडौं र आयोजक एलेभन एरोज क्लब दुहवी बिच प्रतिस्प्रधा हुँनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै मनमोहन स्मृती प्रतिष्ठानका सदस्य सचिव सुभाष पोखरेलले खेलकुद विकासकालागि सर्वपक्षिय सहयोग जरुरी रहेको जनाए । गोल्ड कप फुटबल प्रतियोगिता संचालनका लागि एलेभन एरोज क्लब दुहवीका अध्यक्ष दिपक राईको संयजोकत्वमा मूल समिति तथा विभिन्न उप–समितिहरु गठन गरिएको छ ।
विगतमा यस क्लब ले विभिन्न सामाजिक कार्यहरु आँखा शिविर, रक्तदान, स्वास्थ्य शिविर साथै खेलकुद का विभिन्न कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको छ । दुहवी नगरपालिकाको संयोजनमा हुँने तेश्रो मनमोहन दुहवी गोल्ड कप प्रतियोगिताको मुख्य प्रायोजक बन्धन सिमेन्ट प्रालीरहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…