सिरहामा एसईई परीक्षामा मर्यादितको ढोँग : ११ को परीक्षा रद्द, २ निरीक्षक निकालिए !
मर्यादित रुपमा परीक्षा भइरहेको ढोँग रचिएपनि भित्रमा भने सेटिङमै परीक्षा सञ्चालन भइरहेको देखिएको छ ।

२०७५ चैत १३ बुधबार, बेलुकी ७:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जारी एसईई परीक्षामा आज सिरहामा ११ जनाको परिक्षा रद्द गरिएको छ भने २ जना निरीक्षकलाई निष्काशण गरिएको छ ।
परीक्षा हलभित्रै मोवाईल लगेर प्रश्नपत्र आउट गर्ने तथा अमर्यादित गतिविधि गरेको भन्दै लहानको बस्तिपुर मावि परीक्षा केन्द्रबाट ८ जना, सिरहाको सारस्वर मावि परीक्षा केन्द्रबाट २ जना तथा सिरहास्थित चन्द्र मावि परीक्षा केन्द्रबाट १ जना विद्यार्थीको परीक्षा रद गरिएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख दोलराज पाण्डेले जानकारी दिएका हुन् । उनले परिक्षामा अमर्यादित गतिविधि गरेको भन्दै २ जना निरीक्षकलाई निष्काशन गरेको जनाए ।
निश्कासनमा पर्ने प्रायः निजी विद्यालयका विद्यार्थी रहेका छन् । निश्कासनमा परेका सबै विद्यार्थीको आजको परीक्षा रद गरिएको हो ।
सिरहामा यस वर्षको एसईई परीक्षामा ३८ परीक्षा केन्द्रबाट ९ हजार एक सय ८५ जना विद्यार्थी परीक्षामा दिँदैछन् ।
अधिकाँश परीक्षा केन्द्रहरुमा बाहिरबाट मर्यादित रुपमा परीक्षा भइरहेको ढोँग रचिएपनि भित्रमा भने सेटिङमै परीक्षा सञ्चालन भइरहेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…