शहिदकप टी-२० : जनकपुरले काठमान्डौंलाई हराए
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी शहिदहरुको सम्झनामा सोमबारदेखि सुरु भएको तेस्रो शहिदकप टी-२० क्रिकेट टुर्नामेन्ट अन्तर्गतको पहिलो खेलमा जनकपुरले काठमान्डौँलाई पराजित गरेको छ । सोमबार दिउँसोदेखि भएको उद्घाटनमा प्रदेशका मुख्यमन्त्री मो. लालबाबू राउत गद्दिले ब्याटिँग गरेर खेलको सुरुवात गरेका थिए भने त्य

२०७५ चैत ११ सोमबार, बेलुकी ७:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी शहिदहरुको सम्झनामा सोमबारदेखि सुरु भएको तेस्रो शहिदकप टी-२० क्रिकेट टुर्नामेन्ट अन्तर्गतको पहिलो खेलमा जनकपुरले काठमान्डौँलाई पराजित गरेको छ ।
सोमबार दिउँसोदेखि भएको उद्घाटनमा प्रदेशका मुख्यमन्त्री मो. लालबाबू राउत गद्दिले ब्याटिँग गरेर खेलको सुरुवात गरेका थिए भने त्यसपछि भएको जनकपुर काठमान्डौँबीचको खेलमा काठमान्डुलाई जनकपुरले ५६ रन बढी बनाएर जीत हाँसिल गरेका हुन् ।
टस जितेर पहिलो ब्याटिंग गरेका जनकपुर टिमले १ सय ३१ रन बनाउँदै काठमान्डुलाई १ सय ३२ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछयाउँदै काठमान्डुको ओएसिस क्रिकेट एकेडमीले १८ ओभरमै अलआउट हुँदै मात्र ७५ रन जोडन सफल भएपछि जनकपुरको सहज जीत भएको हो ।
जनकपुरका सुधीर चौधरीले सबैभन्दा बढ़ी ७० रन बनाएर ‘नट आउट’ रहेका थिए । उनलाई ‘ मैन ऑफ द मैच’ घोषणा गरिएको छ। प्रतियोगिताको उद्घाटन सत्रमा शहीद संजय चौधरी, नितु यादव, दिलिप यादव, रोहन चौधरी सहितको परिवारलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
१९ गतेसम्म चल्ने प्रतियोगितामा नेपालबाट आयोजक जनकपुर, कलैया, विराटनगर, भैरहवा र काठमाण्डौ तथा भारतबाट पटना, दरभंगा र कानपुर गरी जम्मा ८ वटा टिमहरु सहभागी भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…