जनकपुर बम काण्ड : सँजय साह (टकला) जेलमुक्त हुने सम्भावना ?
बम विस्फोटमा मिनापकी दिग्गज कलाकार रंजु झा सहित झगरु मण्डल, बिमल शरण दास, दिपेन्द्र दास, सुरेश उपाध्यायको मृत्यु भएको थियो ।

२०७५ चैत ११ सोमबार, बिहान ९:४७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम | गत वि.स. २०६९ साल बैशाख १८ गते भएको जनकपुर बम काण्डको आरोपमा जेलमा रहेका सँजय कुमार साह (टकला) जेलमुक्त हुने सम्भावना बढदै गएको विभिन्न सँचारमाध्यमहरुमा समाचार प्रकाशन प्रकाशित गरिएको छ ।
जनकपुर बम काण्डका मुख्य योजनाकार मानिएका सँजय साह तत्कालिन सद्भावना पार्टीबाट धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट साँसद बनेका थिए । सद्भावनाबाट निलम्बित साँसद संजय साहको मुद्दा उपर आईतबारदेखि पुनः सुनुवाई सुरु भएपछि साह बाहिर आउने चियोचर्चो चल्न थालेको हो । सरकारको निर्देशनमा जनकपुर बम काण्डको मुद्दा सुनुवाई अगाडि बढाईएको हो ।
श्रोतले दिएको जानकारी अनुसार सम्भवतः यो सुनुवाई पछि संजय साह जेलमुक्त हुनेछन् । जेलमुक्त हुने वित्तिकै संजय साह राजनीतिमा सक्रिय भएर लाग्ने जनाइएको छ । तर, श्रोतका अनुसार नेता साह जेलमुक्त भएपछि नेकपामा पनि जान सक्ने सम्भावना पनि उतिकै रहेको छ । यद्दपी नेता साह नेकपामा जानु भन्दा मधेशमा पार्टी खोलेर अगाडि बढ्ने संकेत देखा परेको छ ।
त्यस्तै, राजपाका सांसद समेत रहेका रेशम चौधरीसँग पनि नेकपाका नेताहरुले निरन्तर भेटघाट र छलफल गरी रहेको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार, नेकपामा नेताहरुले नेता चौधरी सँग पनि राजनीतिक लेनदेनको बारेमा गम्भीर छलफल भई रहेको छ ।
जनकपुरस्थित रामानन्द चोकमा २०६९ वैशाख १८ गते गराइएको शक्तिशालि बम विस्फोटमा ५ जनाले ज्यान गुमाएका थिए भने ३२ जना घाइते भएका थिए ।
जिल्ला अदालत धनुषाको सात नम्बर बेन्चबाट न्यायाधीश राजेशकुमार कटुवालको इजलासमा सुनवाइ सुरु भएको हो ।
प्रहरीले घटनामा अनुसन्धान पश्चात २०६९ जेठ २९ गते पहिलो अभियोग पत्र दर्ता गराएको थियो । मुद्दामा मुकेश चौधरी, राजन मुक्तिलगायतलाई मुख्य अभियुक्त एवं जयप्रकाश चौधरी, मुकेशकुमार कर्ण, सुरेशकुमार कर्ण, रिपेन्द्र झा र आदित्य देवलाई अभियुक्त बनाइएको छ ।
२०७० चैत्र २४ गते प्रहरीले पुरक अभियोग पत्र दर्ता गरी मुख्य अभियुक्तमा तत्कालिन सांसद सञ्जयकुमार साहको नाम अघि सारेको थियो । साहसँगै फुलकुमार यादव, नागराज भन्ने उमेश तिवारी, सुजितकुमार पाण्डेय र ओम्प्रकास यादवलाई अभियुक्त बनाइएको छ ।
मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्ति पूर्ण धर्ना बसेको बेला विहान करिब ११ बजे सुनियोजित ढँगले गराइएको बम विष्फोटमा परी पाँच जनाको ज्यान गएको थियो भने दर्जनौ घाईते भएका थिए ।
बम विस्फोटमा मिनापकी दिग्गज कलाकार रंजु झा सहित झगरु मण्डल, बिमल शरण दास, दिपेन्द्र दास, सुरेश उपाध्यायको मृत्यु भएको थियो ।
बम विष्फोट घटनाका मुख्य योजनाकार मानिएका पूर्व साँसद संजय कुमार साह कारागारमा जीवन विताइरहेका छन् भने त्यस्तै घटनामा संलग्न आरोपमा मुकेश चौधरी , राजन मुक्ति लगायत आधा दर्जन अभियुक्तहरु समेत दोषी करार दिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…