हातखुट्टा बाँधेर एकजना उपर निर्घात कुटपिट, कारवाहीको साटो घटना दबाउने प्रयास
पीडितले प्रहरीमा उजुरी गरेपनि प्रहरी मौन बसेपछि घटना सार्वजनिक भएको हो ।

२०७५ चैत १ शुक्रबार, राति ८:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिकामा एकजना निमुखालाई एक स्थानीयको समूहले हातखुट्टा बाँधेर मरणासन्न कुटपिट गरेका छन् ।
गोलबजार नगरपालिका १२ बेतौनाका झगरु मण्डलसहित ७ जनाको एक समूहले स्थानीय ४५ वर्षीय राजलाल रायलाई हातखुट्टा बाँधेर निर्ममतापूर्वक कुटपिट गरेका हुन् ।
पीडितले प्रहरीमा उजुरी गरेपनि प्रहरी मौन बसेपछि घटना सार्वजनिक भएको हो ।
गत फागुन १८ गते शनिबार बेलुकी करिब ६ बजेको समयमा उनी गोलबजार हाट (बजार) गरेर फिर्ता हुने क्रममा रायलाई हातखुट्टा बाँधेर निर्घात कुटपिट गरिएको थियो । घटनापछि घटनास्थल पुगेका गोलबजार प्रहरीले पीडित रायलाई उपचारका लागि लैजान भनेपनि कुटपिट गर्ने पीडकहरुलाई भने पक्राउ गरेन ।
मरणासन्न कुटपिटपछि बेहोस बनेका रायको उपचारको लागि गोलबजारस्थित भूमिजा हस्पिटलमा ल्याइएको थियो । ४ दिनको उपचारपछि उनको डिस्चार्ज भएको थियो ।
निर्घात कुटपिटबाट उनको हात क्र्याक भएपछि ब्यान्डेज गरिएको छ भने खुट्टा, ढाड, पिठ्युँलगायत जीउभरी निलडाम छ ।
जानकारी अनुसार, उक्त गाउँमा करिब २ साताअघि चोरी भएको थियो । उक्त चोरीको घटनामा रायको छोराको नामपनि किटानी गरिएपनि छानवीन पश्चात् उनी निर्दोष साबित भएका थिए । सोही घटनाको निहुँ बनाएर उनी उपर कुटपिट भएको एक स्थानीयले बताए ।
गरिब, निमुखा भएकै कारण उनी उपर दानवताको पराकाष्ठा नाघेर कुटपिट भएपनि हालसम्म न्याय नभएको उनले सुनाए ।
यता, वडाध्यक्ष गणेश मुखियासँग प्रतिक्रिया लिँदा उनले घटनाबारे जानकारी भएपछि आफूले तत्कालै घटनास्थलमा प्रहरी पठाएको र आफू पछि गएको बताए । उनले घटनालाई पञ्चयति डाकेर मिलाउने जनाए ।
पीडकलाई कारवाहीको साटो घटनालाई मिलाएर दबाउने प्रयास भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…