मलेसियामा आगलागी भएर १ कम्पनी ध्वस्त, अलपत्र बनेका १० नेपालीको यस्तो गुहार !
दूतावासमा जानकारी गराउँदा आश्वासन मात्र दिने गरेको सुनाउँदै आफूहरुको पीडा नसुनिदिएको भक्कानिँदै थपे ।

२०७५ चैत १ शुक्रबार, दिउँसो १:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, मलेसिया । मलेसियामा एक कम्पनीमा विद्युत सर्ट सर्किट भएर भिषण आगलागी भएपछि १० जना नेपाली कामदार अलपत्र परेका छन् ।
मलेसियास्थित रहेको निगाई हिंग फाउन्डरी वर्कर कम्पनीमा बुधवार दिउँसो भएको आगलागिबाट काम गर्ने कम्पनीसहित बस्ने क्याम्पसमेत जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
आगलागबाट उक्त कम्पनीमा कार्यरत १० नेपालीको करिब ७ लाखबढीको समान जलेर खरानी भएको सो कम्पनीमा कार्यरत धनुषा हँसपुर नगरपालिका ९ का धिरेन्द्र पासवानले जानकारी गराए ।
सहयोगका लागि धनुषाका कामदार धिरेन्द्र पासवानको सम्पर्क नम्बर ०१८२२८९६५३ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
कम्पनीसँगै बस्ने क्याम्पसमेत जलेर नष्ट भएपछि उनीहरु जँगलमा बस्नुपरेको सुनाए । ज्यानबाहेक सारा समान गुमेपछि उनीहरुको विचल्ली भएको छ ।
धनुषाका धिरेन्द्र मासवानले न्यूज ब्यूरोसँग भने, ‘कम्पनीसँगै हाम्रो सारा सपना जलेर नष्ट भयो, अहिले हामिसँग न त खाना पकाउने समान छ, न त बस्ने घर नै ।’ उनले अगाडि भक्कानिँदै थपे, ‘हाम्रो सारा सामान, डकुमेन्ट्सहरु त जल्यो–जल्यो, एक कौरी पैसा पनि हामिसँग रहेन, यत्तिबेला हामि गम्भीर मुसिवतसँग जुधिरहेका छौं, अलपत्र छौं हामि ।’
उनले आगलागी र हाम्रो अवस्था दूतावासलाई जानकारी गराएपनि वास्ता नगरेको दुखेसो पाखे । दूतावासमा जानकारी गराउँदा आश्वासन मात्र दिने गरेको सुनाउँदै उनले आफूहरुको पीडा नसुनिदिएको भक्कानिँदै थपे ।
आगलागीबाट कम्पनी नै ध्वस्त बनेपछि कामदारहरु घर फर्किनुको विकल्प नरहेको उनले बताए । कतिपय कामदारले विगत तीन महिनादेखि तलब नै नपाएको र अब कम्पनी नै जलेपछि बाँकी रकम भरोषा नरहेको उनले सुनाए ।
कम्पनी मालिकले तत्काल धेर्यधारण गरेर बस्न भनेपनि उनीहरुको उद्धारको लागि केही नगरेको पासवानले जानकारी गराए ।
उनीहरुले अगुवा, अभियन्ता तथा सम्बन्धित निकायलाई आफूहरुलाई सहयोग र उद्धार गरिदिन अपील समेत गरेका समेत छन् ।
सहयोगका लागि धनुषाका कामदार धिरेन्द्र पासवानको सम्पर्क नम्बर ०१८२२८९६५३ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…