रासायनिक कारखानामा आगलागी हुँदा सात कामदारको मृत्यु
जिनान, चीन, ४ पुस : चीनको पूर्वी प्रान्त शानडोङमा अवस्थित एक रासायिनक कारखानामा भएको आगलागीमा परी सात व्यक्तिको मृत्यु भएको समाचार छ । साथै यस दुर्घटनाका कारण अन्य चारजना मजदुर घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । वेइफाङ सहरमा रहेको रसायनिक कारखानाको कार्यशालामा स्थानीय समयाअनुसार मङ्गलब

२०७४ पुस ४ मंगलबार, राति ९:४४ बजे१ मिनेट पढाइ

जिनान, चीन, ४ पुस : चीनको पूर्वी प्रान्त शानडोङमा अवस्थित एक रासायिनक कारखानामा भएको आगलागीमा परी सात व्यक्तिको मृत्यु भएको समाचार छ ।
साथै यस दुर्घटनाका कारण अन्य चारजना मजदुर घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
वेइफाङ सहरमा रहेको रसायनिक कारखानाको कार्यशालामा स्थानीय समयाअनुसार मङ्गलबार विहान नौ बजे सो आगलागी शुरु भएको स्थानीय सरकारले जानकारी दिएको छ ।
उक्त कारखानामा लागेको आगो अहिले नियन्त्रणमा आएको छ । यस आगलागी हुनुको कारण अनुसन्धानरत रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…