राष्ट्रपतिको उम्मेदवारी दिने चाहना व्यक्त गर्ने सैनिक अधिकारीलाई छ बर्ष जेल
काएरो, इजिप्ट, ४ पुस : इजिप्टको सैनिक अदालतले आगामी बर्ष हुन गइरहेको इजिप्टको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन इच्छा प्रकट गर्ने सैनिक कर्नेल अहमद कोनसोवालाई मङ्गलबार छ बर्षको जेल सजाँय तोकेको छ । राष्ट्रपति अब्देल फताह अल सिसीसँग अर्को निर्वाचनमा प्रतिस्पर्धा गर्न यही डिसेम्बर २ गते सैनिक कर्
२०७४ पुस ४ मंगलबार, राति ९:३९ बजे१ मिनेट पढाइ

काएरो, इजिप्ट, ४ पुस : इजिप्टको सैनिक अदालतले आगामी बर्ष हुन गइरहेको इजिप्टको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन इच्छा प्रकट गर्ने सैनिक कर्नेल अहमद कोनसोवालाई मङ्गलबार छ बर्षको जेल सजाँय तोकेको छ ।
राष्ट्रपति अब्देल फताह अल सिसीसँग अर्को निर्वाचनमा प्रतिस्पर्धा गर्न यही डिसेम्बर २ गते सैनिक कर्नेल कोनसोवाले इच्छा प्रकट गर्नुभएको थियो ।
राष्ट्रपतिका कानूनी सुरक्षा अधिकारी असाद हैकलले सेनाको जागिरे रहेका कोनसोवाको निर्वाचन लड्ने घोषणा इजिप्टको कानून विपरित भएकोले उहाँलाई छ बर्षको काराबास सजाँय तोकिएको बताउनुभयो ।
सैनिक सेवामा सक्रिय रहेको व्यक्तिले राजनीति गर्ने घोषणा गर्नु सैनिक कानूनको उल्लङ्घन हुने भएकोले सैनिक अदालतले उहाँलाई कारबाही स्वरुप जेल सजाँय तोकिएको हो ।
सिसीसँग प्रतिस्पर्धामा अर्का सम्भावित उम्मेदवार पूर्व तानाशाह हास्नी मुबारकको कार्यकालमा अन्तिम प्रधानमन्त्री रहनुभएका अहमद साफिक रहनुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…