आठौँ राष्ट्रिय खेलकूदको लागि खेलाडीहरु छनोट, मधेशबाट को- को खेलाडीहरु छानिए ?
न्यूज ब्यूरो, जनकपुरधाम । आठौँ राष्ट्रिय खेलकूदका लागि मधेशबाट बाट पुरुष फुटबलको टोली छनोट गरिएको छ । २० सदस्यीय टोली चयन गरिएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिले जनाएको छ । समितिका अनुसार मधेशको ८ वटै जिल्लाहरुमध्ये धनुषाबाट सदाम मन्सुर, महोत्तरीबाट, अम्बर बहादुर स्यांबो, सँतोष र

२०७५ फागुन १४ मंगलबार, बेलुकी ५:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आठौँ राष्ट्रिय खेलकूदका लागि मधेशबाट बाट पुरुष फुटबलको टोली छनोट गरिएको छ । २० सदस्यीय टोली चयन गरिएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिले जनाएको छ ।
समितिका अनुसार मधेशको ८ वटै जिल्लाहरुमध्ये धनुषाबाट सदाम मन्सुर, महोत्तरीबाट, अम्बर बहादुर स्यांबो, सँतोष राई र सागर सुस्लिंग, सर्लाहीबाट अरुण ब्लोन, पर्साबाट सुनिल राउत कुर्मी, सर्लाहीकैरामहरि पौडेल, सिरहाका अनिल माझी र सप्तरीबाट सुशीलकुमार यादव छनौट भएका छन् ।
यसैगरी, पर्साबाटै कृष्ण शाक्य, महोत्तरीका नीरबहादुर आले र खड्गबहादुर बलमपाकी, सिरहाका राकेश सिंह, सप्तरीका उज्ज्वलसिंह सेवा, रौतहटका रोशन पहरी, बाराका कृष्णकान्त चौधरी, सर्लाहीका रितिककुमार खड्का, महोत्तरीका गङ्गाबहादुर आले, सप्तरीका देवानन्द चौधरी र धनुषाका टङ्कबहादुर सिङ्तान टोलीमा समावेश छन् ।
राष्ट्रिय खेलकूदको लागि मधेशबाट पहिलो पटक यतिको खेलाडीहरु छनौट गरिएपछि प्रदेशका युवाहरुमा उत्साह बढेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…